Headline

युनाइटेडसँग पराजित भए पछि ह्युङ मिन सनलाई अनलाइनमा जतिय दुर्व्यवहार

Published

on

आइतबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग ३-१ ले पराजित भए पछि टोटनह्याम तथा दक्षिण कोरियाली स्टार सन ह्युङ मिनलाई अनलाइनमा जतिय दुर्व्यवहार भएको छ ।

उनी म्यानचेस्टर युनाइटेडले गरेको पहिलो गोलमा भिएआर बाधक बन्दा स्कट म्याकटोमिनेले दिन लाग्दा अनुहार चोप्दै मैदानमा ढलेका थिए । त्यही कारण पनि म्यानचेस्टर युनाइटेडका समर्थकहरुले उनी माथि अनलाइनमा जतिय दुर्व्यवहार गरेका हुन् ।

सन एसियन भएको कारण धेरैले उनलाई दुर्व्यवहार गरेको पनि बिभिन्न दक्षिण कोरियाली संचार मध्यामहरुले आरोप लगाएका छन् । उनले टोटनह्यामका लागि पहिलो गोल गर्दै अग्रता पनि दिलाएका थिए ।

सनलाई अत्याधिक दुर्व्यवहार भए पछि टोटनह्यामले एक बिज्ञप्ती निकाल्दै सनसँग सधैं साथमा रहने जनाएको छ ।

टोटेनह्यामको बिज्ञप्तीमा लेखेको छ, “अर्को खेल र अर्को जतिय दुर्व्यवहार । हाम्रो खेलाडीहरुलाई फेरी पनि अनलाइनमा दुर्व्यवहार भएको छ ।

“त्यी सामाजिक सन्जाल खताहरुलाई रिपोर्ट गरिएको छ र अब हामी प्रिमियर लिगको सहयोगमा यस्ता अनलाइन दुर्व्यवहारहरु बन्द गर्ने प्रतिज्ञा लिन्छौँ । हामी तिम्रो साथ छौँ, सोनी।”

Click to comment

Trending