Headline

बेटिससँग बराबरीमा रोकियो एट्लेटिको म्याड्रिड

Published

on

शिर्ष स्थानमा तीन अंकको अग्रता लिने मौका रहेको खेलमा एट्लेटिको म्याड्रिड रियल बेटिससँग १-१ को बराबरीमा रोकिएको छ ।

बेटिसको घरेलु मैदानमा भएको खेलको पाँचौ मिनेटमा नै यानिक कारास्कोको गोलबाट एट्लेटिको म्याड्रिडले अग्रता लिएको थियो । एन्जल कोरेयाको पासमा उनले गोल गर्दै टोलीलाई अगाडी बढाए । तर, एट्लेटिकोले २०औं मिनेटमा बराबरी गोल खान पुग्यो । बेटिसका लागि क्रिस्टियन टेलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफमा दुवै टोलीबाट त्यस पछि राम्रो मुभहरु बन्न सकेनन् । लुइस स्वारेज बिनै उत्रेको एट्लेटिकोको अग्रपङ्तीमा करास्को बाहेक अन्य खेलाडीहरुले धेरै मुभ बनाउन सकेनन् । दोस्रो हाफमा पनि एट्लेटिकोले धेरै मौकाहरु बनायो तर बेटिसका गोलरक्षक क्लाउडियो ब्राभो बाधक बन्न पुगे ।

बराबरीसँगै ला लिगाको उपाधि होड अझै रोमान्चक बनेको छ । एट्लेटिकोले शीर्षस्थानमा रियल म्याड्रिडलाई १ अंकले पछि पार्दै उक्लिन सफल भएको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६५ अंक छ । रियल बेटिस ४७ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

Click to comment

Trending