Headline

नेपालले नामिबियासँग एकदिवसीय शृंखला खेल्ने

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबियासँग एकदिवसीय शृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा नै नामिबियासँगको शृंखला आयोजना गर्न लागेको हो । क्यानले मे महिनाको तेश्रो सातामा उक्त शृंखला गर्न लागेको हो ।

क्यानको आज बसेको बोर्ड बैठकले नामिबियासँगको शृंखला गर्ने निर्णय लिएको हो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले नामिबियासँग निरन्तर रुपमा भएको सरसल्लाह अनुसार नै मिती सार्वजनिक गरेको क्रिकेटिङनेपालसँगको टेलिफोन सम्पर्कमा जनाए । तर उनले अहिले एकदिवसीय पक्का भए पनि अन्यको लागि पनि पहल जारी रहेको जनाए ।

‘हामीले नामिबियालाई नेपालमा खेल्नका लागि निम्तो दिएका थियौं । उनीहरु पनि नेपाल आएर खेल्न तयार छन् । अहिलेको लागि मे महिनाको तेश्रो सातामा आयोजना हुने पक्का पक्कि भएको छ । तर के कतिवटा एकदिवसीय खेलको शृंखला भन्ने अझै टुंगो भने लागेको छैन,’ प्याकुरेलले भने ।

‘हामीले एकदिवसीय बाहेक अन्य खेलहरु पनि आयोजना गर्न सकिन्छ कि भन्ने विषयमा पनि पहल गर्दैछौं । अब केहि दिनमा नै यसको पूर्ण विवरण आउने छ ।’

नेपाल क्रिकेट संघको आयोजनामा नै नेपालले आगामी शनिबारबाट घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग ट्वान्टी ट्वान्टी त्रिकोणात्मक शृंखला खेल्दै छ ।

Click to comment

Trending