Headline

अजरबैजानका नुर्लान नोव्रुजोव ललितपुर आउने पक्का

Published

on

अजरबैजान यु-२१ का पुर्व खेलाडी नुर्लान नोव्रुजोव नेपाल सुपर लिगका लागिल लितपुर सिटी एफसी आउने भएका छन् । ललितपुरका प्रशिक्षक प्रदिप हुमागाँईले नुर्लान केही दिनमा काठमाडौँ आउने जनाए ।

२८ वर्षिय नुर्लानले अजरबैजानको राष्ट्रिय टोलीबाट उमेर समुहका सबै खेल खेलेका छन् । उनी स्ट्राइकर र अट्याकिङ मिड्फिल्डर दुवै पोजिसनबाट खेल्न सक्छन् । यस अघि नै क्रोएसियन फर्वार्ड भिलिम पिनोस्कोभिकलाई भित्र्याइसकेको ललितपुरले अर्का ‘हाई प्रोफाइल’ खेलाडी नुर्लानलाई भित्र्याउन लागेको हो ।

नुर्लानले अजरबैजानको शिर्ष डिभिजन क्लब एफसी बाकु, साइबिल, जिरा स्पोर्टिङ र सुमगाइटबाट खेलेका छन् । यस्तै टर्की, माल्डोभा र इस्टोनियाको शिर्ष डिभिजनको लिग खेलेका उनी यस सिजनमा भने ललितपुर सिटी एफसी आउने भएका हुन् ।

उनको बजार मुल्य ५० हजार युरो रहेको छ । यस्तै ललितपुरले अर्को खेलाडीमा नेपालमै व्यवसाहिक फुटबल खेल्दै आइरहेका मच्छिन्द्र क्लबका पिटर सेगुनलाई अनुबन्धन गर्ने लगभग पक्का छ ।

नेपाल सुपर लिग अप्रिल २४ देखी काठमाडौँको दशरथ रङ्गशालामा हुँदैछ ।

Click to comment

Trending