Headline

नेपाल सुपर लिग क्लब: फ्रेन्च स्ट्राइकर जेर्कोभिक भित्र्याउदै एफसी चितवन

Published

on

आफ्नो व्यवसायिक करिअरमा दर्जन भन्दा बढी क्लबमा अनुभव बटुलिसकेका फ्रेन्च स्ट्राइकर गोरान जेर्कोभिकलाई नेपाल सुपर लिग क्लब एफसी चितवनले अनुबन्धन गर्ने भएको छ ।

जेर्कोभिकले आफ्नो खेल जीवनमा फ्रान्स, रोमानिया, लिथुवानिया, ईरान, थाइल्याण्ड, सर्बिया, मोन्टेनेग्रो, मलेसिया, बहराइन र लाओसमा खेलिसकेका छन् ।

जेर्कोभिकको हाल बजार मुल्य दुई लाख नेपाली रुपैया रहेको छ । उनले धेरै जस्तो देशका शिर्ष डिभिजनका लिग खेलेका छन् ।

फ्रान्सको लियोनमाजन्मेका उनले स्पोर्टिङ क्लब डे लियोनबाट आफ्नो व्यवसायिक खेल जीवनको सुरुवात गरेका थिए । उनी पछिल्लो समय लाओसको सर्वधिक सफल क्लब एफसी चान्थाबोउलीबाट खेल्दै आएका थिए । जेर्कोभिकसँग एएफसी च्याम्पियन्स लिग र एएफसी कप खेलेको पनि अनुभाव रहेको छ ।

जेर्कोभिक बैशाखको पहिलो साता सम्ममा नेपाल आईपुग्ने छन् । यस्तै एफसी चितवनले अन्य दुई विदेशीमा इजिप्टका एलशायद सबान र अहमद मोहम्मद गबालालाई भित्र्याउने लगभग पक्का रहेको छ ।

नेपाल सुपर लिग अप्रिल २४ अप्रिल देखी काठमाडौँमा सुरु हुँदै छ ।

Click to comment

Trending