Headline

बिराटनगरबाट नेपाल सुपर लिग खेल्न आउँदै पेड्रो मान्जी

Published

on

नेपाल सुपर लिगको क्लब बिराटनगर सिटी एफसीले अनुभवी उरुगेयन/स्पेनिस फर्वार्ड पेड्रो मान्जीलाई क्लब भित्र्याएको छ ।

३२ वर्षिय पेड्रो मान्जीले यस सिजन भारतीय शिर्ष डिभिजन आई-लिगको क्लब मोहम्मदान स्पोर्टिङ क्लबबाट खेलेका थिए । मान्जी निकै अनुभवी खेलाडी हुन् । १५ वर्ष देखी आफ्नो फुटबल कारीअर सुरुवात गरेका मान्जीले स्पेनिश क्लब इस्पानोलको युथ टोलीबाट खेलिसकेका छन् ।

८ वर्ष स्पेनमा व्यवसायिक फुटबल खेलेका मान्जीले जापानको दोस्रो डिभिजनको जे-लिग पनि खेलेका छन् । मान्जीले यस सिजन आई-लिगमा मात्र ८ खेल खेल्दै ६ गोल र एक असिस्ट पनि दिएका थिए ।

मान्जीको बजार मुल्य चार लाख रुपैया भन्दा बढी रहेको छ । मान्जी १४ अप्रिलमा नेपाल आउने छन् ।

मान्जी स्ट्राइकर र विङरको भूमिकामा पनि खेल्न सक्ने खेलाडी हुन् । बिराटनगरले यस्तै अर्को विदेशी खेलाडीमा नेपाली सहिद स्मारक ए डिभिजन लिग खेलिसकेका क्यामरुनका सेवी उल्रिच र सोमिडे अडेलजालाई पनि क्लबमा अनुबन्धन गर्ने छ ।

बिराटनगरले यस अघि नै प्रशिक्षकमा भारतीय यान ल र एनलिस्टमा अलोक यादवलाई अनुबन्धन गरिसकेको छ ।

Click to comment

Trending