Headline

नेपाली राष्ट्रिय महिला टोलीले भारतीय स्टेट टोलीसँग त्रिवि मैदानमा श्रृंखला खेल्ने

Published

on

नेपाली महिला क्रिकेट टोलीले भारतको राज्य टोलीसँग त्रिवि क्रिकेट मैदानमा एकदिवसीय र ट्वान्टी ट्वान्टी शृंखला खेल्ने भएको छ ।

क्यान श्रोतका अनुसार भारतको स्टेट टोलीले नेपालको भ्रमण गर्न लागेको हो । तर क्यान श्रोतले भने कुन टोली नेपाल आउन लागेको भन्ने बारेमा स्पष्ट पारेन । केहि दिनमा नै क्यानले यसको सम्पूर्ण जानकारी भने सार्वजनिक गर्नेछ ।

नेपाली पुरुष टोलीले नेदरल्याण्ड्स र मलेसियाबिरुद्धको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता खेले लगत्तै महिलाको प्रतियोगिता शुरु हुनेछ, क्यान श्रोतले क्रिकेटिङनेपाललाई जानकारी दिएको छ ।

नेपाली महिला टोलीले सन् २०१९ को डिसेम्बर पछि कुनै पनि विदेशी टोलीसँग खेल्न लागेको यो पहिलो पटक हो । नेपाली टोलीले भारतीय टोलीसँग तीन एकदिवसीय र दुई ट्वान्टी ट्वान्टी खेल खेल्ने कार्यक्रम रहेको छ । एकदिवसीय खेल भने ३५ ओभरको मात्र हुनेछ ।

पाँच दिन सम्म चल्ने ट्वान्टी ट्वान्टी र एकदिवसीय श्रृंखला बैशाख १३ अथवा १४ मा सुरु हुनेछ । पहिले तीनवटा ३५ ओभरको खेल पछि दुईवटा ट्वान्टी ट्वान्टी खेल खेल्ने कार्यक्रम रहेको छ ।

क्यानले आज मात्र सम्पन्न ललितपुर मेयर कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको छनोट गरेर केहि दिनमा नै बन्द प्रशिक्षण पनि गर्नेछ ।

Click to comment

Trending