Headline

रिजवानको अविजित अर्धशतकमा पकिस्तानको सनसनीपूर्ण जित

Published

on

विकेट किपर मोहम्मद रिजवानले अविजित अर्धशतक प्रहार गरे पछि पाकिस्तानले घरेलु टोली दक्षिण अफ्रिका माथि चार विकेटको सनसनीपूर्ण जित दर्ता गराएको छ । यस जितसँगै पाकिस्तानले चार खेलको ट्वान्टी ट्वान्टी शृंखलामा १-० को पनि अग्रता लिन सफल भएको छ ।

जितका लागि १८९ रनको लक्ष्य पक्ष्याएको पाकिस्तानले एक बल बाँकी हुँदा जित हात पारेको हो । यो पाकिस्तानले ट्वान्टी ट्वान्टीमा गरेको सबैभन्दा ठुलो लक्ष्य पक्ष्याएको हो ।

पाकिस्तानको जितमा विकेट किपर तथा ओपनर मोहम्मद रिजवानले अविजित रहँदै सर्वाधिक ७४ रन बनाए । खेलको म्यान अफ द म्याच घोषित रिजवानले ५० बलको सामना गर्दै नौं चौका र दुई छक्का प्रहार गरे ।

रिजवान बाहेक पाकिस्तानको जितमा फहीम अश्रफले १४ बलमा ३०, फखार ज़मानले २७, कप्तान बाबर आजम र हैदर अलीले समान १४-१४ तथा मोहम्मद हफिजले १३ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका बेउरन हेनड्रिक्सले सर्वाधिक तीन तथा ताब्रिज शाम्सीले दुई विकेट आफ्नो नाममा लेखाए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका ओपनर एडेन मार्क्रम र कप्तान हेनरिच क्लासेनले अर्धशतक प्रहार गरे पछि छ विकेटको नोक्सानीमा १८९ रनको विशाल योगफल तयार पार्यो ।

३२ बलको सामना गरेका मार्क्रमले आठ चौका र एक छक्काको मद्धतमा सर्वाधिक ५१ रन बनाए भने कप्तान क्लासेनले २८ बलमा दुई चौका र चार छक्काको मद्धतमा ५० रनको पारी खेले । त्यस बाहेक पिट भान बिल्जोनले ३४ तथा जानेमन मलनले २४ रनको योगदान दिए ।

पाकिस्तानका मोहम्मद नवाज र हसन अली दुबैले समान २-२ विकेट आफ्नो नाममा लेखाए ।

Click to comment

Trending