Headline

एल क्लासिकोमा हार्यो बार्सिलोना, रियल शिर्ष स्थानमा

Published

on

लालिगा २०२०/२०२१ सिजनको दोस्रो एल क्लासिकोमा पनि बार्सिलोना रियल म्याड्रिडसँग २-१ ले पराजित भएको छ । एल्फ्रेडो डि स्टेफानो रङ्गशालामा भएको खेलमा रियलका लागि करीम बेन्जेमा र टोनी क्रुसले एक-एक गोल गरे । बार्सिलोनाका लागि ओस्कार मिङुएजाले एक गोल फर्काए पनि जित दिलाउन सकेनन् ।

पहिलो हाफमा दुवै गोल गरेको रियल म्याड्रिडले १३ औँ मिनेटमा गोलको खाता खोल्यो । लुकास भस्कुवेजले मिलाएको पासमा पोस्ट नजिकै बाट ब्याकहिल प्रहार गर्दै करीम बेन्जेमाले पहिलो गोल गरेका थिए ।

रियलले २८ औँ मिनेटमा दोस्रो गोल गर्‍यो । भिनिसियस जुनीयरलाई लडाए पछि पाएको पाएको फ्रिकिकमा टोनी कुर्जले गोल गरेका थिए । क्रुजको निकै सुन्दर प्रहार बार्साका डेस्टको ढाँडमा लग्न पुग्दा गोललाइनमा बसेका जोर्डी अलबाको टाउकोमा लाग्दै गोल भएको थियो ।

पहिलो हाफमा २-० गोल खाइसकेको बार्सिलोनाले दोस्रो हाफमा सम्हालिएको खेल देखायो । राम्रो मौकाहरु बनाएको बार्सिलोनाका लागि ६० औँ मिनेटमा
ओस्कार मिङुएजाले गोल गरे पनि हार टार्न सकेक्नन् । ओस्कारले अलबाले दिएको क्रसमा खाली रहदै गरेको प्रहार गोल भएको थियो ।

९० औँ मिनेटमा भने रियलका क्यासिमेरोले रातो कार्ड खान पुगे । लगतार लियोनल मेसीलाई लडाएका क्यासिमेरो दुई पहेंलो कार्ड खाँदै मैदान छोडेका थिए ।

रियलले सन २०१३ पछि पहिलो पटक एकै सिजन दुई पटक एल क्लासिकोको नतिजा आफ्नो नाममा लेखाएको हो । जितसँगै रियल ६६ अंक सहित शिर्ष स्थानमा उक्लिदा समान अंक रहदै दोस्रो स्थानमा रहेको लुइस स्वारेज बिनाको एट्लेटिको म्याड्रिडले घर भन्दा बहिर रियल बेटिसको सामना गर्दै छ । शिर्ष स्थानमा दुई अंकको अग्रता लिने मौका गुमाएको बार्सिलोना भने ६५ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

 

 

Click to comment

Trending