Headline

लिभरपुलले भिल्लालाई हरायो, चेल्सी शिर्ष चारमा

Published

on

अन्तिम समयमा ट्रेन्ट एलेकजेण्डर आर्नोल्डले १८ यार्ड भन्दा बहिरबाट गोल गरे पछि लिभरपुलले एस्टन भिल्ला माथि पुनरागमन जित निकालेको छ ।

खेलमा पहिलो अग्रता एस्टन भिल्लाले लिएको थियो । पहिलो हाफमा लिभरपुललाई दवाबमा राखेको भिल्लाका लागि ४३ औँ मिनेटमा ओले वाट्किन्सले गोल गरेका थिए । पहिलो हाफको अन्त्य तिर गोल गर्दै दोस्रो हाफमा १-० को अग्रतामा सुरु गरे पनि भिल्लाले ५७ औँ मिनेटमा बराबरी गोल खान पुग्यो ।

भिल्लाका गोलरक्षक एलिमो मार्टिनेजले पन्च गर्दै बल क्लियर गर्ने खोज्दा असफल भए पछि लिभरपुलका लागि मोहम्मद सलाहले गोल गरेका थिए । बराबरी गोल गरे पछि भने बल पोजेसन आफ्नो पक्षमा धेरै राखेको लिभरपुलका लागि ९० मिनेट पछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा गोल हुन पुगेको थियो ।

ट्रेन्ट एलेक्ससान्डर आर्नोल्डले १८ यार्ड भन्दा बहिरबाट गोल गरेका थिए ।

यस्तै अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-१ ले हरायो । चेल्सीका लागि खेलमा क्रिष्चियन पुलिसीचले दुई, काइ ह्वाभर्ट्जले एक र कर्ट जोउमाले एक गोल गरेका थिए । प्यालेसका लागी भने क्रिष्चियन बेनटेकेले एक गोल गरे ।

खेल भरी नै राम्रो प्रदर्शन गरेको चेल्सीका लागि काइ ह्वाभर्ट्जले ओक्टोबर २० पछि पहिलो गोल गरेका थिए ।

आफ्नो खेल जित्दै लिभरपुल ५२ अंक सहित पाँचौँ स्थानमा रहेको छ भने चेल्सी जितका साथ शिर्ष चारमा उक्लिन सफल भएको छ । चेल्सीको ५४ अंक रहेको छ ।

 

Click to comment

Trending