अन्तर्राष्ट्रिय

चेन्नाई माथि दिल्लीको विजयी सुरुवात

Published

on

ओपनरद्वय पृथ्वी श र शिखर धवनले अर्धशतकीय पारी खेलेसँगै दिल्ली क्यापिटल्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ । गत संस्करणको उपविजेता दिल्लीले आफ्नो पहिलो खेलमा चेन्नाई सुपर किंग्स माथि सात विकेटको सहज जित दर्ता गराउन सफल भएको छ ।

जितका लागि १८९ रनको लक्ष्य सहित ब्याटिङमा आएको दिल्लीले आठ बल अगावै तीन विकेटको नोक्सानीमा जित दर्ता गरायो ।

दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ८५ रन बनाए भने पृथ्वी शले ७२ रनको पारी खेले । विशाल लक्ष्य सहित ब्याटिङमा आएको दिल्लीका लागि श र धवनले पहिलो विकेटका लागि १ दशमलब तीन ओभरमा १३८ रन जोड्दै निकै राम्रो सुरुवात दिए । शले ३८ बलमा नौं चौका र तीन छक्का तथा धवनले ५४ बलमा १० चौका र दुई छक्का प्रहार गरे ।

चेन्नाईका शार्दुल ठाकुरले महँगो साबित हुँदै सर्वाधिक दुई विकेट आफ्नो नाममा लेखाए ।

यस अघि सात रनको अवस्थामा दुई विकेट गुमाएर खराब सुरुवात गरेको चेन्नाईका सुरेश रैनाले अर्धशतक तथा साम कर्रनले पारीको अन्त्यमा आक्रमक पारी खेल्दा २० ओभरमा सात विकेट गुमाएर १८८ रनको विशाल योगफल बनाउन सक्यो ।

चेन्नाईको तर्फबाट सुरेश रैनाले सर्वाधिक ५४ रन बनाए । रन आउट हुन पुगेका उनले ३६ बलको सामना गर्दै तीन चौका र चार छक्का प्रहार गरे ।

रैना बाहेक चेन्नाईको लागि मोएन अलीले ३६, अम्बाती रायुडूले २३ रनको योगदान दिए भने अन्तिम बलमा आउट भएका साम कर्रनले आक्रमक पारी खेल्ने क्रममा १५ बलमा ३४ रन बनाए भने रविन्द्र जडेजाले अविजित रहँदै १७ बलमा २६ रनको पारी खेले । आक्रमक पारी खेलेका कर्रनले आफ्नो दाजु टम कर्रनको बलमा समान २-२ चौका र छक्का सहित कुल चार चौका र दुई छक्का प्रहार गरे ।

चेन्नाईका कप्तान महेन्द्र सिंह धोनी र फाफ डु प्लेसिसले रनको खाता पनि खोल्न भ्याएनन् ।

दिल्लीका आभेष खानले चार ओभरमा २३ रन तथा क्रिस वोक्सले तीन ओभरमा १८ रन खर्चिएरसमान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending