अन्तर्राष्ट्रिय

रैना र कर्रनको आक्रमक पारीमा दिल्लीलाई विशाल लक्ष्य

Published

on

सुरेश रैनाको अर्धशतक तथा आठौं नम्बरमा ब्याटिङ गर्न आएका साम कर्रनको आक्रमक पारीको मद्धतमा चेन्नाई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई १८९ रनको विशाल लक्ष्य दिएको छ ।

सात रनको अवस्थामा दुई विकेट गुमाएर खराब सुरुवात गरेको चेन्नाईले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १८८ रन बनाउ सक्यो ।

चेन्नाईको तर्फबाट सुरेश रैनाले सर्वाधिक ५४ रन बनाए । रन आउट हुन पुगेका उनले ३६ बलको सामना गर्दै तीन चौका र चार छक्का प्रहार गरे ।

रैना बाहेक चेन्नाईको लागि मोएन अलीले ३६, अम्बाती रायुडूले २३ रनको योगदान दिए भने अन्तिम बलमा आउट भएका साम कर्रनले आक्रमक पारी खेल्ने क्रममा १५ बलमा ३४ रन बनाए भने रविन्द्र जडेजाले अविजित रहँदै १७ बलमा २६ रनको पारी खेले । आक्रमक पारी खेलेका कर्रनले आफ्नो दाजु टम कर्रनको बलमा समान २-२ चौका र छक्का सहित कुल चार चौका र दुई छक्का प्रहार गरे ।

चेन्नाईका कप्तान महेन्द्र सिंह धोनी र फाफ डु प्लेसिसले रनको खाता पनि खोल्न भ्याएनन् ।

दिल्लीका आभेष खानले चार ओभरमा २३ रन तथा क्रिस वोक्सले तीन ओभरमा १८ रन खर्चिएरसमान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending