Headline

शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी पराजित

Published

on

खेलको अन्तिम मिनेटमा गोल खान पुगे पछि प्रिमियर लिगको शिर्ष स्थानको म्यानचेस्टर सिटी लिड्स युनाइटेडसँग २-१ ले पराजित भएको छ ।

इतिहाद रङ्गशालामा भएको खेलमा लिड्सको जितमा स्टुवार्ट डालसले दुवै गोल गरे । सिटीका लागि फेरान टोरेसले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

गुरु मर्सेलो बिएल्सा र चेला पेप गोर्डियोला बिचको यो सिजनको दोस्रो खेलमा गुरुले बाजी मारेका हुन् । लिड्सका लागि डालसले ४२ औँ मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो हाफको अन्त्यमा शुरुवाती अग्रता पाए पछि लिड्सले दोस्रो हाफमा निकै सम्हालिएर खेल्यो । सिटी लिड्स माथि पुरा खेलमा हावी रहे पनि ७६ औँ मिनेटमा भने फेरान टोरेसको बराबरी गोल खान पुग्यो ।

सिटीले बराबरी गोल फर्काए पछि निकै राम्रो खेल देखायो तर ९० मिनेट पछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा १० खेलाडीमा सिमित लिड्सका लागि डालसले बिजयी गोल गरे । हेल्डर कोस्टा र एलिन अलिवोस्कीले मिलाएको वान टु पासमा मिलाएको बललाई डालसले जाली चुमाएका थिए ।
लिड्सले खेल भरी दुई पटक मात्र सट लिएको थियो र त्यो दुवै गोल हुन पुग्यो ।

जितसँगै लिड्स ४५ अंक सहित १० औँ स्थानमा रहेको छ । यस्तै पराजित भए पनि सिटीको १४ अंकको शिर्ष स्थानमा अग्रता कायमै छ । सिटीको २५ खेलको अपराजित यात्रा माथि भने पूर्ण बिराम लागेको छ ।

Click to comment

Trending