Headline

रुपन्देहीले फराकिलो अन्तरले जित्यो बलियो नेपाल कप

Published

on

दाङलाई ६५ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देहीले बलियो नेपाल कप अण्डर १६ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

लुम्बिनी प्रदेशलाई समेटिएको प्रतियोगिताको फाइनलमा रुपन्देहीले २० ओभरमा मात्र तीन विकेट गुमाउदै १ सय ५४ रन बनायो । जवाफमा दाङ १७ दशमलव २ ओभरमा ८९ रनमै अल आउट भयो ।

दाङको लागि एक पटक फेरि मनोज पुनले प्रभावशाली ब्याटिङ्ग गरे । उनले ३३ बलमा पाँच चौकाको मद्दतमा ३९ रन बनाए । पुन बाहेक ओपनर प्रभाकर कुँवर (१६) र रोहित डाँगी (१०) ले मात्रै दोहोरो अंकमा रन जोडेका थिए ।

रुपन्देहीका लागि सन्तोष यादवले तीन ओभरमा १२ रन खर्चदै तीन विकेट लिए भने सुमित पराजुली र अमर मिश्रले पनि २–२ ब्याट्स्म्यानलाई पनि पेभिलियन फर्काएका थिए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको रुपन्देहीका लागि ओपनर अमर मिश्रले खासै केही गर्न नसकेपछि अन्य चार ब्याट्स्म्यानहरुले उल्लेखनीय योगदान दिएका थिए । सन्तोष साउदले ३१ बलमा २५ रन बनाए भने बिशाल भुषाल र आशिष रोक्काले ७२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

आशिषले ३२ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४४ रन बनाए । बिशालले ४२ बलमा पाँच चौका प्रहार गर्दै ४२ बलमा ४१ रन बनाए । आशिषसँग चोथो विकेटका लागि ४१ रन जोडेका प्रकाश गिरीले ११ बलमा तीन छक्का प्रहार गर्दै २१ रनको योगदान दिए ।

रुपन्देहीका सन्तोष यादव र प्रकाश गिरी क्रमशः बेस्ट बलर र ब्याट्स्म्यान घोषित भए भने दाङका आशिष ओली प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए ।

बलियो नेपालको आयोजना रहेको प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडले गरेको थियो ।

Click to comment

Trending