Headline

संकटालाई पहिलो पटक आहा रारा गोल्डकपको उपाधि

Published

on

अफ्रिकन रुट्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै संकटा क्लब पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जित्न सफल भएको छ ।

निर्धारित समय र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीबीच १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो । अमित तामाङ, सुभाष गुरुङ, निरज बस्नेत र आयुष घलानले संकटाका लागि टाई ब्रेकरमा गोल गरेका थिए ।

यानिक र रिमले गोल गर्दा कुइटेडको प्रहार बाहिरिनुका साथै संकटा गोलकिपर राजाबाबु थापाले एमबाकोपको प्रहार बचाएपछि संकटाले मोफसलको सबैभन्दा प्रतिष्ठित नकआउट फुटबल प्रतियोगितामा नयाँ इतिहास रच्न सफल भयो ।

निर्धारित समयमा भने अफ्रिकन रुट्सले नै खेलमा अग्रता लिएको थियो । ए डिभिजन क्लबका लागि बासेकले गोल गरेका थिए । गोल गर्ने केही मौका गुमाएपछि ४१ औं मिनेटमा ग्लोरिले गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए ।

दोश्रो हाफमा र अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल गर्ने अवसर सृजना भएपनि चुक्न पुगेपछि खेल पेनाल्टी तर्फ मोडिएको थियो ।

उपाधिसँगै संकटाले १० लाख १ हजार पुरस्कार प्राप्त गर्यो भने अफ्रिकन रुट्सले ५ लाख १ हजार रुपैया प्राप्त गर्यो ।

Click to comment

Trending