Headline

५१ बर्षको प्रयासमा पहिलो पटक क्वार्टर–फाइनल

Published

on

स्टार खेलाडी अमिर सयुदले गोल गरेपछि अल्जेरियन टोली चबाब बेलुइज्दाद अफ्रिकाको सबैभन्दा ठूलो क्लब प्रतियोगिता सिएएफ च्याम्पियन्स लिगमा आफूले डेब्यु गरेको ५१ बर्षपछि क्वार्टर–फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार प्रिटोरियामा भएको समुह बी को अन्तिम खेलमा बेलुइज्दादले दक्षिण अफ्रिकी टोली मामेलोडी सनडाउन्सलाई २–० ले पराजित गर्दै उपबिजेताको रुपमा अन्तिम आठमा प्रवेश गरेको हो । यसअघि नै क्वार्टर–फाइनल प्रवेश गरिसकेको सनडाउन्सले आफ्ना धेरै शुरुवाती खेलाडीहरुलाई बिश्राम दिदा सिजनकै पहिलो हार व्यहोर्न पुगेको थियो ।

बेलइज्दादको जितमा सयुद र एहमद गास्मीले गोल गरेका थिए । बेलुइज्दादका लागि दक्षिण अफ्रिकामा प्राप्त जित किन पनि उत्कृष्ट रह्यो भने दुई महिना अगाडी अल्जियर्समा भएको होम खेलमा एक खेलाडीले तेश्रो मिनेटमै रेड कार्ड खादा ५–१ को लज्जास्पद हार व्यहोरेको थियो ।

सयुद हाल सात गोल सहित प्रतियोगिताकै सर्वाधिक गोलकर्ता रहेका छन् । पहिलो हाफमै दुई गोलले पछि परेको २०१६ को च्याम्पियन्स लिग बिजेता सनडाउन्सले दोश्रो हाफमा कुनै पनि समय पुनरागमन गर्ने छाँटकाँट देखाएको थिएन ।

Click to comment

Trending