Headline

एल क्लासिको: रियल र बार्सिलोनालाई उपाधि होडमा अगाडी रहने अवसर

Published

on

अप्रिल ५ मा ‘लिग लिडर’ एट्लेटिको म्याड्रिड सेभियासँग १-० गोलले पराजित भए पछि ला लिगाको उपाधि होड निकै रोमान्चक बन्न पुयो । एक समय शिर्ष स्थानमा १५ अंक सम्मको अग्रता बनाइसकेको एट्लेटिको २९ औँ चरणमा आउँदा १ अंकको साँघुरो अग्रतामा खुम्चिन पुग्यो ।

एट्लेटिकोलाई निरन्तर पछ्याइरहेका दुई स्पेनी महारथी रियल म्याड्रिड र बार्सिलोनालाई आईतबार भने ला लिगाको उपाधि होड अझै रोमान्चक बनाउने मौका छ । नेपाली समय अनुसार आज मध्यरात १२:४५ बजे हुने खेलमा विश्वको सर्वाधिक लोकप्रिय डर्बी ‘एल क्लासिको’ मा यि दुवै टोली भिड्दै गर्दा बार्सिलोनालाई जित निकाल्दै शिर्ष स्थानमा दुई अंकको अग्रता बनाउने र रियललाई शिर्ष स्थानमा उक्लिने मौका छ ।

लगातार पछिल्ला चार खेल जितेको रियललाई आज हुने खेलमा ६ खेलमा फर्ममा रहेको बार्सिलोनालाई पराजित गर्ने अवसर त छँदै छ साथै सिजनको दोस्रो एल क्लासिकोमा बिजयी हुने पनि । बार्सिलोनालाई भने क्याम्प नोउमा पराजित हुँँदाको बादला लिने मौका छ ।

बार्सिलोनालाई आफ्नो स्टार खेलाडी लियोनल मेस्सीको यो एल क्लासिको अन्तिम हुने चिन्ताले सताइरहेको बेला रियलका लागि मुख्य खेलाडी एडेन हाजार्ड चोटका कारण खेल्ने छैनन् । रियललाई दुई डिफेन्स जोडी सर्जियो रामोस र रफाइल भरानेको अनुपस्थितीले केही फरक भने अवस्य पार्ने छ ।

गएको च्याम्पियन्स लिगमा लिभरपुल विरुद्धकै सेट टोली उतार्न सक्ने रियलले बार्सिलोनाको पूर्ण बिश्राम पाएका खेलाडीको सामाना गर्नु पर्ने छ ।

स्पेनको सबै भन्दा ठुलो डर्बीलाई सधैं राजनीतिक बिषयले पनि जोड्ने गरिन्छ । स्वातन्त्रताको लागि लडिरहेको क्याट्लान र स्पेन बिचको खेल मानिने एल क्लासिको ला लिगामा १८२ पटक खेलिसकिएको छ । जसमा रियल म्याड्रिड ७४ पटक बिजयी रहदा बार्सिलोनाले ७२ पटक जितेको छ । ३६ खेल बराबरीमा सकिएका छन् ।

 

Click to comment

Trending