Euro 2020

युरो कप आयोजक १२ मध्ये ८ शहरले दर्शक प्रवेश दिने

Published

on

युरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले युरो कपका लागि १२ मध्ये ८ शहरले समर्थकलाई रँगशाला प्रवेश दिन कन्फर्म गरेको छ ।

युरो कप यसपटक युरोपका बिभिन्न १२ शहरहरुमा हुन गइरहेको छ । कोरोना भाइरसका कारण २०२० मा हुन नसकेको युरो यसै बर्ष जुन ११ देखि जुलाई ११ सम्म हुन गइरहेको छ ।

जर्मनीको म्युनिख, इटालीको रोम, स्पेनको बिल्बाओ र आयरल्याण्डको डब्लिनले अप्रिल १९ भित्र दर्शक प्रवेश दिनका लागि आफ्नो योजनाको बिषयमा जानकारी दिएपछि मात्र अन्तिम निर्णय गरिनेछ । आयोजक राष्ट्रहरुलाई अप्रिल ७ भित्र दर्शक प्रवेश गराउनका लागि आफ्नो योजना बुझाउन लगाइएको थियो ।

इङ्गल्याण्डको लण्डन, नर्दन आयरल्याण्डको ग्लासगो, नेदरल्याण्ड्सको एम्स्टरड्याम, डेनमार्कको कोपनहेगन, रुसको सेन्ट पिटर्सबर्ग, हँगेरीको बुडापेस्ट, अजरबैजानको बाकु र रोमानियाको बखारेस्टलाई भने दर्शक प्रवेश गर्न अनुमति दिइएको छ ।

बुडापेस्टले शत प्रतिशत दर्शक प्रवेश गर्न दिनेछ भने बाकु र सेन्ट पिटर्सबर्गले ५० प्रतिशत प्रवेश दिने पुष्टि गरेको छ ।

सेन्ट पिटर्सबर्गले दर्शकको संख्या बढाउने तर्फ सोचिरहेको पनि बताएको छ । हँगेरी, अजरबैजान र रुस युरोका लागि बिदेशी दर्शकको भ्रमणमा लागेको प्रतिबन्ध पनि हटाउनका लागि आग्रह गर्ने मात्रै तीन देश हुन् ।

यी तीन देशमा टिकट होल्डर बिदेशी दर्शकले क्वारेन्टिन पनि बस्न नपर्ने हुन सक्छ । एम्स्टरड्याम, बुखारेस्ट, कोपनहेगन र ग्लासगोले २५ देखि ३३ प्रतिशतसम्म दर्शकलाई प्रवेश दिने तर यो संख्या बढ्न सक्ने बताइएको छ ।

तीन लिग खेल र एक प्रि–क्वार्टरफाइनलसँगै सेमिफाइनल र फाइनलको आयोजना हुने लण्डनको वेम्ब्ली स्टेडियममा २५ प्रतिशत दर्शकलाई प्रवेश दिने योजना गरिएको छ । इङ्गलिस फुटबल एशोसिएसनले सेमिफाइनल र फाइनलमा संख्या बढाउने आशा गरिरहेको छ ।

Click to comment

Trending