अन्तर्राष्ट्रिय

बेंगलोरको रोमान्चक जित 

Published

on

रोयल च्यालेन्जर्स बेंगलोरले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्स माथि दुई विकेटको रोमान्चक जित हात पारेको छ ।
गत राती सम्पन्न खेलमा १६० रनको मध्यम लक्ष्य पक्ष्याएको बेंगलोरले खेलको अन्तिम बलमा आठ विकेट गुमाएर जित हात पारेको हो ।

बेंगलोरको जितमा एबी डि भिलियर्सले २७ बलको सामना गर्दै चार चौका र दुई छक्काको मद्धतमा सर्वाधिक ४८ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले ३९ तथा कप्तान बिराट कोहलीले पनि ३३ रनको योगदान दिए ।

मुम्बईका जस्प्रित बुम्रा र मार्को जनसेनले समान २-२ विकेट हात पारे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १५९ रन मात्र बनाउन सक्यो ।

मुम्बईको तर्फबाट ओपनर क्रिस लिनले सर्वाधिक ४९ रन बनाए भने सुर्यकुमार यादवले पनि ३१ रनको पारी खेले । त्यस्तै इशान किशानले २८ तथा कप्तान रोहित शर्माले १९ रनको योगदान दिए ।
अन्तिम ओभरमा तीन विकेट लिएका पटेलले चार ओभरमा २७ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारेका हुन् ।

Click to comment

Trending