अन्तर्राष्ट्रिय

पटेलले पाँच विकेट लिँदा मुम्बईको मध्यम स्कोर 

Published

on

हर्षल पटेलले घातक बलिङ गर्दै पाँच विकेट हात पार्दा मुम्बई इन्डियन्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिगको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १६० रनको मध्यम लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १५९ रन मात्र बनाउन सक्यो ।

मुम्बईको तर्फबाट ओपनर क्रिस लिनले सर्वाधिक ४९ रन बनाए भने सुर्यकुमार यादवले पनि ३१ रनको पारी खेले । त्यस्तै इशान किशानले २८ तथा कप्तान रोहित शर्माले १९ रनको योगदान दिए ।

अन्तिम ओभरमा तीन विकेट लिएका पटेलले चार ओभरमा २७ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारेका हुन् ।

Click to comment

Trending