Headline

नेपाल सुपर लिगः पोखरा थण्डर्समा चोटग्रस्त सुजलको स्थानमा रवि पासवान

Published

on

नेपाल सुपर लिग टोली पोखरा थण्डर्सले आफ्ना प्रमुख खेलाडी सुजल श्रेष्ठलाई गुमाएपछि उनको स्थानमा अर्का राष्ट्रिय टोलीका खेलाडी रवि पासवानलाई ल्याएको छ ।

२०१९ डिसेम्बरमा नेपालमै भएको दक्षिण एसियाली खेलकुदमा बोकेको ग्रोइन इन्जुरीको समस्या फेरि दोहोरिदा सुजल चार हप्ताको लागि मैदाना बाहिर रहने भएका हुन् । सुजलले त्यही चोटका कारण नै नेपालमै भएको थ्रि नेसन्स कपमा पूर्ण रुपमा खेल्न पाएका थिएनन् ।

रविले भने किर्गिस्तान अण्डर–२३ र बङ्गलादेशबिरुद्धको पहिलो दुई खेलमा टोलीको लागि शुरुवात नै गरेका थिए । उनले तीनवटै खेलमा सहभागिता जनाएका थिए । “डक्टरले सुजललाई रिकभर हुन कम्तिमा पनि चार हप्ता लाग्ने बताएपछि हामीले रविलाई ल्याएका हौं । रवि राष्ट्रिय टोलीबाट पनि खेल्दै आएका छन् र उनी सुजलको ठाँउ लिन सक्छन्,” पोखरा थण्डर्सका प्रशिक्षक नविन न्यौपानेले विस्पोर्ट्जलाई बताए ।

“सुजल हाम्रो लागि राम्रो खेलाडीहरु मध्ये पर्छन् तर उनी पूर्ण रुपमा ठिक नहुञ्जेल हामीले टिममा राखिराख्ने कुरा पनि हुदैन । उनको अनुपस्थितिमा पनि टिमको सन्तुलन बिग्रन नदिनेमा हामी बिश्वस्त छौं,” न्यौपानेले भने ।

रवि अक्सनमा अनसोल्ड भएका सबैभन्दा ठूलो मध्ये एक नाम थिए । पोखरासँगै एनएसएलमा सहभागी अन्य पाँच टोलीहरुले आफ्नो बिदेशी खेलाडीहरु सार्वजनिक गरेको छैन । बुटवल लुम्बिनी एफसीले भने केही दिन अघि आफ्नो तीन वटै बिदेशी खेलाडीलाई सार्वजनिक गरिसकेको छ ।

पोखरा र बुटवल बाहेक एनएसएलमा एफसी चितवन, धनगढी एफसी, काठमांडौ रेजर्स, बिराटनगर सिटी एफसी र ललितपुर सिटी एफसी रहेका छन् । एनएसएल बैशाख ११ देखि जेठ १ गतेसम्म दशरथ रँगशालामा हुन गइरहेको छ । प्रतियोगिता नेपालकै पहिलो र हालसम्म एक मात्र फ्रान्चाइज फुटबल प्रतियोगिता हो ।

Click to comment

Trending