Headline

मेयर कप फाइनलः सुदुर पश्चिमलाई उत्कृष्ट प्रदर्शन गर्नु पर्ने चुनौति

Published

on

ललितपुर महिला मेयर कप क्रिकेट प्रतियोगिाको फाइनलमा शनिबार घरेलु महिला क्रिकेटकै सशक्त टोली नेपाल एपिएफ क्लब र सुदुर पश्चिम प्रदशे भिडिरहेका छन् ।

यी दुई टोली पछिल्लो पटक फाइनलमा दुई बर्ष अगाडी प्र्रधानमन्त्री कपको फाइनलमा भिडेका थिए । कञ्चजपुरको कभर्ड हल क्रिकेट मैदानमा भएको फाइनलमा सुदुर पश्चिम २० ओभरमा ७२ रनमै सेमटिएको थियो । जवाफमा एपिएफले १५ ओभरमै चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

त्यसयता यी दुई टोलीले दाङमा तीन महिना अगाडी भएको प्रधानमन्त्री कपको सेमिफाइनल र यसै प्रतियोगिताको लिग चरणमा खेलेका थिए । दुवैमा एपिएफले सहज जित हात पारेको थियो ।

दाङमा सुदुर पश्चिम ६१ रनमै समेटिदा एपिएफले ९ विकेटको जित दर्ता गरेको थियो । त्यस्तै जारी मेयर कपको लिग चरणमा एपिएफले १ सय २७ रन जोड्दै सुदुर पश्चिमलाई ९० रनमै समेटेको थियो ।

सुदुर पश्चिमको लागि एपिएफसँगको हारपछिको प्रदर्शन नै प्रेरणाको श्रोत बन्न सक्छ । उसले प्रधानमन्त्री कप बिजेता तथा राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीले सम्हालेको प्रदेश १ लाई ४० रनको फराकिलो अन्तरले हराएको थियो भने फाइनलमा स्थान पक्का गर्ने क्रममा लुम्बिनीलाई ८ विकेटले हराएको थियो ।

सुदुर पश्चिमको ब्याटिङ्ग अर्डरमा पहिलो तीन नम्बरका मञ्जु बोकटी, रेवती धामी र बिन्दु रावलको प्रदर्शनसँगै कविता जोशी र डली भट्टको प्रदर्शनले बिशेष भुमिका खेल्न सक्नेछ । यस्तै बलिङ्ग तर्फ कविता कुवर, कविता जोशी, कप्तान रितु कनौजिया र दुई खेलमा ८ विकेट लिएकी लक्ष्मी साउद महत्वपूर्ण खेलाडी रहेका छन् ।

मेयर कपमा एक खेल पनि नहारी फाइनल पुगेको टोली एपिएफले प्रतियोगितामा निकै ठूलो कसरत गर्नु पर्ने छैन । प्रदेश १ सँग दाङमा फाइनलमा व्यहोरेको हारको बदला किर्तिपुरमा ८ विकेटको जित साथ लिएको एपिएफले ललितपुरलाई १० विकेट र लुम्बिनीलाई ४० रनले परजित गरेको थियो ।

पहिलो दुई खेलमा सहज जित निकालेपछि टप अर्डरमा परिवर्तन ल्याउदा पनि एपिएफलाई गाह्रो भएको थिएन । फाइनलमा पुरानै अर्डरमा फर्कन सक्ने एपिएफको ८ नम्बरसम्मका खेलाडीहरुले ब्याटिङ्ग गर्न सक्छन् । बलिङ्गमा पनि निकै सशक्त रहेको बिभागीय टोलीलाई पराजित गर्नका लागि सुदुर पश्चिमले निकै ठूलो कसरत गर्नु पर्ने देखिन्छ ।

एपिएफको ब्याटिङ्गमा कप्तान सिता राना मगरसँगै ज्योति पाण्डे, सरिता मगर, राजमति ऐरि, इन्दु बर्मा र ममता चौधरीले ठूलो इनिङ्गस खेलिसकेका छन् । अलराउण्ड एपिएफलाई हराउनका लागि सुदुर पश्चिमलाई आफ्ना स्थापित खेलाडीहरुले करिअरकै उत्कृष्ट प्रदशर्न दिन आवश्क छ ।

Click to comment

Trending