Headline

दाङ र रुपन्देही बलियो नेपाल कपको फाइनलमा भिड्ने

Published

on

दाङ ११ र रुपन्देही ११ बलियो नेपाल कप अण्डर १६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

भैरहवाको सिद्धार्थ रँगशालामा भएको पहिलो सेमिफाइनलमा दाङले रोल्पा ११ लाई ८३ रनले पराजित गर्यो । अर्को सेमिफाइनलमा रुपन्देहीले ले पाल्पा ११ लाई ९९ रनको फराकिलो अन्तरले पराजित गर्यो । प्रतियोगिाको फाइनल शनिबार हुनेछ ।

पहिलो सेमिफाइनलमा आशिष ओली र मनोज पुनको उल्लेखनीय प्रदर्शनमा दाङले २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३२ रन बनायो । आयुष ओलीले सुजल ओलीसँगै समान ३–३ विकेट लिएपछि रोल्पा १० ओभरमा ४९ रनमै अल आउट भएको थियो ।

प्रवेश गिरीले रोल्पाका लागि सर्वाधिक २४ रन बनाए भने अन्य ब्याट्स्म्यानले दोहोरो अंकमा रन बटुल्न सकेका थिएनन् । प्रवेशले १९ बलमा दुई छक्का र एक चौका प्रहार गरे । आशिषले पनि दाङका लागि दुई विकेट लिएका थिए ।

यसअघि निकै खराब शुरुवात गरेको दाङले २५ रनमै चार विकेट गुमाएको थियो । आशिष टिकिरहदा अन्य चार ब्याट्स्म्यानहरु शुन्यमै पेभिलियन फर्किएका थिए । आशिष र मनोजले ७० रनको साझेदारी गरेपछि दाङ सम्हालिएको थियो ।

आशिषले ४६ बलमा ४० रन बनाउदा पाँच चौका प्रहार गरे भने मनोजले २९ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३६ रन बनाए । रोल्पाका लागि प्रवेश, अजय डाँगी र किशन भारतीले दुई–दुई विकेट लिएका थिए ।

रुपन्देहीले ओपनर अमर मिश्र र प्रकाश गिरीको अद्र्धशतकको मद्दतमा २० ओभरमा १ सय ९० रनको बिशाल योगफल खडा गर्यो । जवाफमा पाल्पा १७ ओभरमा ९१ रनमा समेटियो । पहिलो विकेटका लागि रुपेश बस्याल (२६) र बेल मगर पुन (१०) ले ३३ रनको साझेदारी गरेपनि शाजाद आलम र सुरज खड्काले तीन–तीन विकेट लिदा पाल्पा सस्तैमा समेटियो ।

रुपेशले २९ बलमा पाँच चौका हिर्काए । सन्तोष यादवले पनि रुपन्देहीका लागि दुई विकेट लिएका थिए ।

रुपन्देहीको इनिङ्गसमा झण्डै सबै ब्याट्स्म्यानहरुले योगदा दिएका थिए र त्यसमा अमरको ब्याटिङ्ग महत्वपूर्ण रह्यो । अमरले पहिलो विकेटका लागि सन्तोष साउद (१५) सँग ६६ र दोश्रो विकेटका लागि बिशाल भुषालसँग ५३ रन जोडेका थिए । बिशालले २४ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए ।

उनले प्रकाशसँग पनि ३९ रन जोडेका थिए । अमरले ५६ बलमा ६ चौका र एक छक्काको मद्दतमा ६७ रन बनाए । निकै आक्रमक ब्याटिङ्ग गरेका प्रकाशले २२ बलमा चार चौका र चार छक्काका साथ २२ बलमै नटआउट ५७ रन ठोकेपछि रुपन्देही बिशाल योगफल बनाउन सफल भएको थियो ।

Click to comment

Trending