Headline

हालान्ड किन्न खोजिरहेको बार्सालाई डर्ट्मण्डले भन्यो, ‘पहिले डेम्बेलेको बाँकी पैसा तिर’

Published

on

स्पेनिश महारथी एफसी बार्सिलोना पछिल्लो ट्रान्स्फर विन्डो देखी युवा स्टार खेलाडी एर्लिङ हालान्डलाई क्लब भित्र्याउन लागि परेको छ । गएको साता मात्र हालान्डका एजेन्ट मिनो रायोला र बुवा एल्फ-इङे हालान्डसँग बार्सिलोनाका अध्यक्ष योहान लापोर्टाले बार्ता पनि गरेका थिए ।

हाल बोरुसिया डर्ट्मण्डमा खेल्दै गरेका हालान्डको ‘रिलिज क्लज’ एक सय मिलियन युरो रहेको छ । लगतार हालान्डमा चासो देखाइरहेको बार्सिलोनालाई बोरुसिया डर्ट्मण्डले २०१७ मा औस्माने डेम्बेले किन्दा रहेको बाँकी खर्च पहिले तिर्न आग्रह गरेको स्पेनको चर्चित रेडियो मार्साले जनाएको छ ।

रेडियो मार्साका अनुसार लगातार हालान्डको एजेन्टसँग भेटघाट गरिरहेको बार्सिलोनालाई डर्ट्मण्डले हालान्डलाई आँखा लगाउनु अघि डेम्बेले किन्दाको बाँकी पैसा तिर्न आग्रह गरेको जनाएको छ ।

२०१७ मा बार्सिलोनाले डेम्बेलेलाई १ सय ४५ मिलियन युरोमा क्लब भित्र्याएको थियो । मार्साका अनुसार बार्सिलोनाले एक सय मिलियन अगाडी नै तिरे पनि ४५ मिलियनको बाँकी पैसा भने डर्ट्मण्डलाई बुझाउन बाँकी रहेको छ ।

डेम्बेलेले लगातार चोटका कारण धेरै खेलहरु गुमाए पनि बार्सिलोनाका लागि ७४ खेल खेल्दै १७ गोल गरिसकेका छन् ।

मार्साका अनुसार बार्सिलोनालाई डर्ट्मण्डले कैयौ पटक उक्त रकम बारे जानकारी गराइसकेको तर कमजोर आर्थिक स्थिती र पुर्व अध्यक्ष जोशेप मरिया बार्तोमेउ विवादमा फसे पछि बार्साले तिर्न सकेको थिएन ।

बार्सिलोना २०२१ मा ७ सय मिलियन युरो भन्दा धेरै ऋणमा रहेको छ । नयाँ अध्यक्षको पदमा आएका योहान लापोर्टाले क्लबलाई ऋण मुक्त बनाउने समर्थकहरुले आशा गरेका छन् ।

 

Click to comment

Trending