Headline

आजबाट आईपीएल सुरु, पहिलो खेलमा बेंगलोर र मुम्बई भिड्ने

Published

on

यस सिजनको पहिलो खेलमा रोहित शर्माको कप्तानीमा रहेको साबिक विजेता मुम्बई इन्डियन्सले बिराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्नेछ । खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे चेन्नाईमा हुनेछ ।

पछिल्लो १० खेलको नतिजालाई आधार मान्ने हो भने मुम्बई नै बेंगलोर माथि हाबी रहेको छ । १० खेल मध्य मध्य मुम्बईले आठ खेलमा जित हात पार्दा बेंगलोरले दुई खेलमा नतिजा आफ्नो पक्ष्यमा पार्न सफल भएको थियो । जस मध्य एक खेल बेंगलोरले सुपर ओभर जित आत्मसाथ गर्न सफल भएको हो ।

प्रतियोगिताको आफ्नो पहिलो खेलको प्रदर्शन भने मुम्बईको विरुद्ध रहेको छ । पछिल्लो आठ संस्करणको आफ्नो पहिलो खेलमा मुम्बईले हारबाट सुरुवात गरेको छ ।

युएईमा समपन्न अघिल्लो संस्करणको पहिलो लेगमा बेंगलोरले सुपर ओभरमा मुम्बईलाई पराजित गरेको थियो भने दोश्रो लेगमा मुम्बईले बेंगलोरलाई पाँच विकेटले पाखा लगाएको थियो ।

सात दिन क्वारेन्टिन बस्नै पर्ने नियमका कारण दक्षिण अफ्रिकाका विकेट किपर ब्याट्सम्यान तथा न्युजिल्याण्डका तिब्र गतिका बलर एडम मिल्नले मुम्बईको पहिलो खेल गुमाउने प्रवल सम्भावना रहेको छ ।

त्यस्तै बेंगलोरका फिन एलेन र एडम जाम्पाले पनि क्वारेन्टिनका कारण पहिलो खेल गुमाउने भएका छन् भने यस अघि कोरोना संक्रमण पछि ओपनर देवदत्त पडिक्कलले अभ्यास सुरु गरेका छन् भने पहिलो खेलमा सहभागिता जनाउने पक्का पक्की जस्तै छ ।

कोरोनाका कारण भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले बन्द रंगशाला खेलाउने निर्णय लिएको छ भने होम एण्ड अवे खेल पनि खेलाइने छैन । त्यस्तै कोरोनालाई नै मध्य नजर गर्दै बिसीसीआईले यस पटक मात्र छ स्थानमा मात्र समुह चरण खेल खेलाउने निर्णय लिएको छ ।

Click to comment

Trending