Headline

शुक्रलाई सुर्य नेपाल वेष्टर्न ओपनको उपाधि

Published

on

दक्षिण एसियाली खेलकुदका स्वर्ण बिजेता सुबास तामाङ्गलाई पाँच स्ट्रोकले पछि पार्दै शुक्र बहादुर राईले सुर्य नेपाल वेष्टर्न ओपनको उपाधि जितेका छन् ।

पोखराको ६९ होलको हिमालय गल्फ कोर्समा तेश्रो तथा अन्तिम दिन २–अण्डर ६७ को स्कोर कार्ड गरेका शुक्रले ६–अण्डर २०१ को स्कोरका साथ अमेच्योर गल्फर सबासमाथि पाँच स्ट्रोकको जित निकालेका हुन् । सुबासले अन्तिम दिन इभन–पार ६९ स्कोर गर्दै १–अण्डर २०६ मा समग्रमा दोश्रो स्थान प्राप्त गरे ।

शुक्रको घरेलु गल्फमा यो चौथो उपाधि हो । दक्षिण एसियाली खेलकुदमा टिम इभेन्टमा गोल्ड मेडल जितेपछि प्रोफेसनल गल्फर बने यता भने उनको यो दोश्रो उपाधि हो । उनले १ लाख ३० हजार रुपैया पुरस्कार प्राप्त गरे ।

दुई अंकको अग्रताबाट अन्तिम दिन शुरुवात गरेका शुक्रले आठौं होलमा बोगी गरेपनि १३, १५ र १६ नम्बरको होलमा बर्डि गर्दै आफ्नो अग्रतालाई कायमै राखेका थिए । त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेन ।

भुवन नगरकोटी र सञ्जय लामा प्रो गल्फरहरु मध्ये संयुक्त रुपमा दोश्रो स्थानमा रहे । टुर गल्फमा अमेच्योर गल्फरलाई नगद पुरस्कार दिने गरिएको छैन । भुवन र सञ्जयले इभन–पार २०७ मा प्रतियोगिता समाप्त गरेपछि उनीहरुले समान ७२ हजार रुपैया प्राप्त गरे ।

अन्तिम दिन भुवनले २–अण्डर ६७ र सञ्जयले २–ओभर ७१ को स्कोर गरेपछि दुवैको समान स्कोर रहन पुगेको थियो । ७–ओभर २१४ स्कोरले बलभद्र राईले चौथो भए । उनले ५० हजार नगद प्राप्त गरे ।

अमेच्योरहरुमा स्थानीय अजित बिके १६–ओभर २२३ स्कोरका साथ दोश्रो रहे । अन्तिम दिन उनले ३–ओभर ७२ स्कोर गरेका थिए । रितेश तामाङ भने २२–ओभर २२९ का साथ तेश्रो स्थानमा रहे । सुर्य नेपाल गल्फ टुरको तेश्रो इभेन्टमा शिर्ष २१ प्रो गल्फरहरुले नगद पुरस्कार पाएका थिए ।

Click to comment

Trending