Headline

मिलन लामा बने फिडे रेटिङ्ग चेस च्याम्पियन

Published

on

दोलखा चेसका युवा खेलाडी मिलन लामा गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल च्याम्पियन बनेका छन् ।

विहीबार सम्पन्न फाइनलमा मिलन र नोभा साकोस ललितपुरका सुदिप तामाङ्गबीचको क्लासिकल खेलमा दुबैले एक एक जित हात पारेका थिए । त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेकमा मिलनले दुबै खेल जितेर च्याम्पियन बने । मिलनले उपाधिसँगै यामाहा मोटरसाइकल पनि प्राप्त गरे । उपविजेता सुदिपले नगद रु ६०,००० जिते ।

प्रतियोगितामा सुन्दर साकोस हेटौडाका एशियन एमेच्योर चेस च्याम्पियन कृष्ण थापाले गजुरमुखी चेस क्लब राजन सुबेदीलाई टाइब्रेकमा जितेर तेश्रो भए । कृष्णले नगद ३० हजार र राजनले नगद २० हजार पाए ।

लिगतर्फ दोलखा चेसका सुमित पन्त ७ अंकका साथ प्रथम हुदै नगद २५ हजार जित्न सफल भए । त्यसैगरी समान साढे ६ अंक भएपनि प्रोग्रेसिभ टाइब्रेक अनुसार गजुरमुखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र राजभण्डारी दोश्रो भए । उनले १५ हजार पाए भने गजुरमुखीकै प्रकाशचन्द्र नेपाल तेश्रो बन्दै हुदै १० हजार जित्न सफल भए ।

महिलातर्फ करुणामय साकोस ललितपुरकी विनिता कपाली प्रथम भइन् । उनले नगद १० हजार हात पारिन् । प्रचलित साकोस ललितपुरकी अनिषा न्यौपाने दोश्रा भइन भने मिशन युथ क्लब टोखाकी पूर्णिमा गुरुङ्ग तेश्रा भइन् ।

यस्तै पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली भेट्रान उत्कृष्ट र ओलम्पियाड खेलाडी नेशनल डेभलपमेन्ट साकोस ललितपुरका दीर्घराज जोशी दोश्रा भए । १६ बर्षमुनी उमेर समुहमा मेरिडियन इन्टरनेशनल स्कुल बालुवाटारका १२ बर्षीय छात्र पुरुषोत्तम सिलवाल प्रथम भए ।

Click to comment

Trending