Headline

निराश रुबिनाले भनिन्, “के पारस खड्का खेल्दा मात्र मैदानमा दर्शक आउने ?” (भिडियो सहित)

Published

on

टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगितामा दर्शकको निकै कम उपस्थिती रहँदै आएको छ । प्राय जसो खेलमा १० जना दर्शकको उपस्थित रहेको थिएन । कति पय खेलमा त दुई तीन जना मात्र दर्शक मैदानमा महिलाहरुको खेल हेर्न आएका थिए ।

प्रतियोगिताभर मैदानमा दर्शकको उपस्थिती कम हुँदा नेपाली टोली तथा प्रदेश १ कि कप्तान रुबिना क्षेत्री निकै निराश देखिन्थिन् । “म मात्र नभएर सबै खेलाडीहरुलाई दर्शककोबीचमा खेल्ने इच्छा हुन्छ । हामीले धेरै मिहिनेत गर्दै आएको छौं तर दर्शक हाम्रो खेलमा नआउदा हामी निकै निरुत्साहित छौं । सबैलाई यो प्रतियोगिता हुदैछ भनेर थाहा भएकै हो,” रुबिनाले भनिन्।

उनले प्रतिप्रश्न गर्दै भनिन्, “के पारस खड्का खेल्दा मात्र दर्शकले मैदान भरिन पर्ने ?”

हेर्नुहोस् रुबिनाको पुरा भिडियो अन्तर्वार्ता

Click to comment

Trending