Headline

पुलिसलाई हराउँदै न्यु डाइमण्ड च्याम्पियन

Published

on

नेपाल पुलिस क्लबलाई ३-२ सेटको नतिजामा पराजित गर्दै न्यु डाइमण्ड क्लबले आरबीबी-एनभीए लिग राष्ट्रिय भलिबल च्याम्पियनसिप महिलातर्फको उपाधि हात पारेको छ।

पहिलो सेटमा २५-२२ ले पराजित भएको न्यु डाइमण्डले पुनरागमन गर्दै दोस्रो सेट ११-२५ र तेस्रो सेट १९-२५ ले जितेको थियो ।

चौथो सेट २५-२१ को नतिजामा जित्दै खेलमा फर्किने प्रयास गरेको नेपाल पुलिस क्लब फाइनल सेटमा ११-१५ ले पराजित भए पछि न्यु डाइमण्डले उपाधि जितेको हो ।

च्याम्पियन बनेको न्यु डाइमण्डले नगद ३ लाख, दोस्रो हुने नेपाल पुलिस क्लबले १ लाख ७५ हजार, तेस्रो हुने एपीएफले ७५ तथा चौथो हुने त्रिभुवन आर्मी क्लबले ३७ हजार ५ सय रूपैयाँ प्राप्त गर्नेछन् ।

 

Click to comment

Trending