Headline

पुलिसलाई हराउँदै अफ्रिकन रुट्स आहा राराको फाइनलमा

Published

on

अफ्रिकन रुट एसोसियसन नेपाल पुलिस क्लबलाई हराउँदै पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो । रुट्सलाई जित दिलाउन बासेक र मौसाले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा बासेकले गोल गर्दै अफ्रिकनलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै अफ्रिकनलाई २-० को जित दिलाए ।

पहिलो पटकको सहभागीतामै अफ्रिकन रुट्स ६ पटकको बिजेतालाई हराउँदै फाइनल पुगेको हो । रुट्सले फाइनलमा संकटाको सामना गर्ने छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Click to comment

Trending