Headline

नेपाल सुपर लिगको मुख्य प्रायोजकमा खुकुरी

Published

on

नेपाल सुपर लिगले नेपाल डिस्टिलरिज प्राइभेट लिमिटेडको खुकुरीलाई मुख्य प्रायोजकको रुपमा भित्र्याएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट प्राइभेट लिमिटेडले नेपाल डिस्टिलरिज प्राइभेट लिमिटेडसँग सम्झौमा हस्ताक्षर गरेको हो ।

सम्झौता अनुसार एनएसएलको नाम अब खुकुरी एनएसएल रहनेछ । नेपालको पहिलो फ्राञ्चाइज फुटबल प्रयिोगिता एएसएल बैशाख ११ देखि जेठ १ गतेसम्म दशरश रँगशालामा हुनेछ । खुकुरीका इभेन्ट म्यानचेजर श्रीधा शाह र एनएसएलका अध्यक्ष आश्रयता चौधरी कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता रकम भने आपसी सम्झौतामा नै खुलाइएको छैन ।

शाहले नेपालकै ठूलो फुटबल प्रतियोगितामा आफू साझेदार बन्दा आफूलाई राम्रो लागेको बताए । “एनएसएल एउटा राम्रो प्रतियोगिता हो । हामीले कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी अन्तर्गत यो काम गर्न लागिरहेका हौं,” शाहले भनिन् ।

“हामी खुकुरीलाई प्रायोजकको रुपमा पाउदा निकै खुशी छौं । खुकुरीले पनि हामी जस्तै युवा बिकासको लक्ष्य लिएर बसेको छ । खुकुरीले अन्य क्षेत्रबाट गर्दै आइरहेको काम अब हामीसँगै फुटबलमार्फत गर्नेछ” आश्रयताले भनिन् ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले फुटबलको लागि एक स्थापित ब्राण्ड आउनु नै खेलको बिकासका लागि सकारात्मक कुरा रहेको बताए । नेपाल सुपर लिगमा ७ फ्राञ्चाइज रहेका छन् । एनएसएलले खेलाडीहरुको अक्सन गरिसकेको छ भने केही टोलीहरुले बिदेशी खेलाडी समेत खुलाशा गरिसकेका छन् ।

सहभागी टोलीहरुमा बिराटनगर सिटी एफसी, काठमाडैं रेजर्स, बुटवल लुम्बिनी सिटी एफसी, लुम्बिनी सिटी एफसी, चितवन एफसी, पोखरा थण्डर्स र धनगढी एफसी रहेका छन् ।

Click to comment

Trending