Headline

एपिएफलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

Published

on

टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पाँचौ आरबिबि एनभिए राष्ट्रिय लिग भलिबल च्याम्पियनसिप लिगको बिजेता बनेको छ ।

हेल्प नेपालले एपिएफलाई पहिलो सेटमा २५-१४, दोस्रो सेटमा २०-२५ र तेस्रो सेटमा २५- २२ को सोझो सेटमा हरायो ।

हेल्प नेपालका लागि भारतीय खेलाडी विनित कुमार र रोहित कुमारले अधिकांश अंक निकालेका थिए । दोस्रो सेटको शुरुवातमा हेल्प नेपाल केही फितलो देखिए पनि फेरी लय समाउन सफल भएको थियो । पहिलो सेटमा भन्दा दोस्रो सेटमा हेल्प नेपाल माथि केही हावी देखिएको एपिएफले अन्तिम समयमा लय गुमाउन पुग्दा उक्त सेट पनि गुमाउन पुगेको थियो ।

तेस्रो सेटमा पनि एपिएफले पुनरागमन गर्न सकेन । लगतार भारतीय स्पाइकर विनित कुमार र रोहित कुमारले अंक लिए पछि एपिएफ तेस्रो सेटमा नीरिह बन्न पुग्यो । एपिएफका लागि बिर्सनलायक फाइनल बनेको खेलमा कुनै खेलाडीले राम्रो प्रदर्शन दिन सकेनन् । तेस्रो सेटको अन्तिम समयमा एपिएफले केही अंक लिए पनि हार टार्न सकेन ।

जितसँगै हेल्प नेपालले नगद ३ लाख सहित ट्रफी प्राप्त गर्दा उपविजेता बनेको एपिएफले १ लाख ५० हजार, त्रिभुवन आर्मीले ७५ हजार र पुलिस क्लबले चौँथोँ भएसँगै ३७ हजार ५ सय प्राप्त गर्‍यो ।

 

 

Click to comment

Trending