राष्ट्रिय

त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्ने

Published

on

नेपालले घरेलु मैदानमा सुरु हुने त्रिकोणात्मक शृंखलाको उद्घाटन खेलमा नेदरल्यान्ड्सको सामना गर्ने भएको छ ।

आज सार्वजनिक भएको खेल तालिका अनुसार बैशाख चार गतेबाट सुरु हुने शृंखलाको पहिलो खेल नेपाल र नेदरल्यान्ड्स बीचको खेल नेपाली समय अनुसार २:१५ बजे सुरु हुनेछ ।

त्यस्तै दोश्रो दिन मलेसिया र नेदरल्यान्ड्स खेल्ने छन् भने तेश्रो दिन नेपालले मलेसियाको सामना गर्नेछ ।

समुह चरणमा सबै टोलीले एक अर्कासँग २-२ खेल खेल्ने छन् र शिर्ष दुई स्थान हात पार्ने टोलीले उपाधिका लागि बैशाख ११ मा भिड्ने छन् । शृंखला अन्तर्गत सबै खेलहरु नेपाली समय अनुसार दिउँस २:१५ बजे सुरु हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले केहि दिन अघि मात्र २० जना खेलाडीलाई बन्द प्रशिक्षणको लागि बोलाएको थियो भने हिजोबाट मुलपानी क्रिकेट मैदानमा प्रशिक्षण पनि सुरु गरेको छ ।

नेपालले पहिलो पटक आफ्नो घरेलु मैदानमा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला आयोजना गर्न लागेको हो ।

पूर्ण खेल तालिका

बैशाख ४ – नेपाल विरुद्ध नेदरल्यान्ड्स

बैशाख ५ – मलेसिया विरुद्ध नेदरल्यान्ड्स

बैशाख ६ – नेपाल विरुद्ध मलेसिया

बैशाख ७ – नेपाल विरुद्ध नेदरल्यान्ड्स

बैशाख ८ – मलेसिया विरुद्ध नेदरल्यान्ड्स

बैशाख ९ – नेपाल विरुद्ध मलेसिया

बैशाख ११ — फाइनल

Click to comment

Trending