Headline

नेमारलाई दुई खेलको प्रतिबन्ध

Published

on

फ्रेञ्च लिगले पेरिस सेन्ट जर्माइन (पिएसजी) का ब्राजिलियन सुपरस्टार नेमारमाथि दुई म्याचको प्रतिबन्ध लगाएको छ ।

आइतवार भएको फ्रेञ्च लिग वान खेलमा उपाधिको लागि चीर प्रतिद्वन्दी लिलबिरुद्धको खेलमा रेड कार्ड खादै मैदान बाहिरिएपछि नेमारलाई लिग वानमा दुई खेलको लागि प्रतिबन्ध लगाइएको हो । लिलका टियागो डियालोलाई धकेलेपछि नेमारलाई खेलमा दोश्रो पहेलो कार्ड दिइएको थियो ।

नेमारसँग भिडेका कारण डियालो पनि दोश्रो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । दुवै खेलाडी ड्रेसिङ्ग रुमतर्फ जादै गर्दा टनेलमा नेमार र डियालो एकपटक फेरि भिडेका थिए ।

नेमारले अब शनिबारको स्ट्रासबर्गबिरुद्धको खेल गुमाउने छन् भने अप्रिल १८ मा हुने संघर्षरत टोली सेन्ट एटियनबिरुद्धको खेल पनि गुमाउने छन् ।

नेमारले यो सिजन दोश्रो पटक रेड कार्ड खादै मैदान छोड्नु परेको हो भने बार्सिलोनाबाट चार बर्ष अगाडी पिएसजी आए यता चौथो पटक । ७ खेल बाकी रहेको स्थितिमा डिफेन्डिङ्ग च्याम्पियन पिएसजीसँग लिले ३ अंकको स्पष्ट अग्रता लिएको छ ।

Click to comment

Trending