Headline

च्याम्पियन्स लिग: एम्बाप्पे चम्किदा बायर्न पराजित, चेल्सीले पोर्टोलाई हरायो

Published

on

युएफफा च्याम्पियन्स लिग २०२०/२०२१ को तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) ले साविक बिजेता बायर्न म्युनिखलाई ३-२ ले हराएको छ । पिएसजीको जितमा युवा खेलाडी किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे । पिएसजीका लागि एम्बाप्पेले दुई र मर्किनसले एक गोल गर्दा बायर्नका लागि एरिक माक्सिम चुपो-मोटिङले एक गोल गरे ।

बायर्नलाई पहिलो लेगमा हराएसँगै पिएसजीले दोस्रो लेगमा अवे गोलको फाईदा लिने छ । खेलमा पहिलो गोल खेलको तेस्रो मिनेटमै एम्बाप्पेले नेमारको पासमा गरेका थिए । पिएसजीले दोस्रो गोल २८ औँ मिनेटमा गर्दै अग्रतालाई दोब्बर बनायो ।

नेमारले व्यक्तिगत दोस्रो असिस्ट दिए पछि मार्किनसले पिएसजीलाई अग्रता दिलाएका थिए तर बायर्नले पहिलो हाफमा एक गोल भने फर्कायो । ३७ औँ मिनेटमा चुपो-मोटिङले गोल गर्दै बायर्नलाई पहिलो हाफमा २-१ को अवस्थामा पुर्याए ।

बायर्नले दोस्रो हाफमा भने खेल बराबरी गर्‍यो । खेलको ६० औँ मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २-२ को बराबरीमा ल्याए । बायर्नले पुनरागमन गरे पछि निकै मुभ बनाएको पिएसजी बिजयी गोल गर्न सफल भयो । पिएसजीका लागि ६८ औँ मिनेटमा फेरी एम्बाप्पेले गोल गर्दै दोस्रो लेगको लागि अवे गोलको फाईदा दिलाए ।

पिएसजीले दोस्रो लेग अप्रिल १४ मा आफ्नो घरेलु मैदानमा बायर्न म्युनिखसँग खेल्ने छ ।

यस्तै चौँथो सेमिफाइनलमा भने चेल्सीले पोर्टोलाई पहिलो लेगमा २-० ले पराजित गरेको छ । चेल्सीका लागि मेसन माउण्ट र बेन चिलवेलले एक-एक गोल गरे ।

अवे लिगमा दुई गोल गरेको चेल्सीलाई दोस्रो लेगमा सजिलो हुने छ । चेल्सीले आफ्नो घरमा हुने दोस्रो लेग अप्रिल १४ मै खेल्ने छ ।

Click to comment

Trending