Headline

नेपाल एपिएफ राष्ट्रिय भलिबलको पुरुषतर्फ फाईनलमा

Published

on

नेपाल एपिएफ क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय लिग भलिबल च्याम्पियनसिपको पुरुष तर्फ फाईनल प्रवेश गरेको छ ।

एपिएफले यस अघि नै १५ अंकका साथ फाईनल प्रवेश गरेको टिपटप हेल्प नेपाल क्लबलाई सोझो सेटमा पराजित गर्दै १३ अंकका साथ बुलबुले रारालाई पछाडी पारेको हो । बुलबुले राराको ६ खेलबाट १२ अंक मात्र रह्यो ।

हेल्प नेपालले आफ्नो टोलीमा रहेको तीन भारतीय खेलाडीलाई बिश्राम दिने निर्णय लिएपछि त्यसको प्रत्यक्ष फाइदा एपिएफलाई भएको हो । बुलबुलेको टोलीमा तीन पाकिस्तानी खेलाडी रहेका थिए ।

पहिलो सेटमा २५–१८ को अग्रता लिएको एपिएफले दोश्रो सेटमा २५–१८ र तेश्रो सेटमा २५–२३ को जित गरेको हो । एपिएफ पराजित भएको खण्डमा बुलबुले रारा फाईनल प्रवेश गर्ने थियो ।

महिलाको फाइनलमा भने न्यु डायमण्ड भलिबल क्लब र नेपाल पुलिस क्लब फाइनल खेल्ने छन् ।

Click to comment

Trending