Headline

एएफसी कप छनोट: पहिलो हाफमा आर्मीको उत्कृष्ट पुनरागमन

Published

on

एएफसी कपको पहिलो चरणको छनोट अन्तर्गत खेल्दै गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोर्टिङ कल्ब विरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ । २८ औँ मिनेटमा एभान्स असान्तेले गोल गरे पछि १-० ले पछि परेको आर्मीले दुई मिनेटमा दुई गोल गर्दै उत्कृष्ट पुनरागमन गरेको हो ।

४१ औँ मिनेटमा सन्तोष तमाङले लामो दुरी बाट गरेको हाफ भली सुन्दर गोल भएको थियो । त्यसको दुई मिनेट पनि नबित्दै भरत खवासको क्रसमा नवयुगले गोल गर्दै आर्मीलाई २-१ को उत्कृष्ट पुनरागरम गराएका थिए ।

त्यस अघी खेलको पहिलो मिनेटमै आर्मीले अट्याकिङ फुटबल खेल्यो । नवयुग श्रेष्ठले गरेको लामो दुरीको प्रहारले दिशा भने लिन सकेन । लगतार आक्रमण गरेको आर्मीका लागि १० औँ मिनेटमा सन्तोष तमाङको प्रहारलाई श्रीलंका पुलिसका गोलरक्षक धनुषा परेराले उत्कृष्ट बचाउ गरेका थिए ।

आर्मीले २५ औँ मिनेटमा फेरी अर्को मुभ बनायो तर त्यसमा पनि आर्मीका फर्वार्ड नवयुग श्रेष्ठ चुक्न पुगे । उनले गरेको हेडिङले पोस्टको दिशा लिन सकेन । पहिलो हाफको २५ औँ मिनेट सम्म ८० प्रतिशत भन्दा बढी पोजेसन राखेको आर्मीले २८ औँ मिनेटमा भने गोल खान पुग्यो । श्रीलंका पुलिसका लागि घानाका स्ट्राइकार एभान्स असान्तेले राम्रो फिनिसिङ गर्दै गोल गरे ।

३३ औँ मिनेटमा फेरी आर्मीले अर्को मुभ बनायो । नवयुगले पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासमा भरत खवास चुक्न पुगे । ३८ औँ मिनेटमा फेरी भरत चुक्न पुगे । टंक बहादुर बस्नेतको क्रसमा भरतले निकै सुन्दर मौका गुमाउन पुगे । उनको फ्री हेडरले पोस्टको दिशा लिना सकेको थिएन ।

Click to comment

Trending