Headline

एपिएफलाई हराउँदै संकटा पहिलो पटक आहा राराको फाइनलमा

Published

on

सुभाष गुरुङ र ग्लोरीको गोलको मद्धतमा नेपाल एपिएफ क्लबलाई २-० ले हराउँदै संकटा क्लब पहिलो पटक आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

संकटा खेलको ३३ औँ मिनेटमा पहिलो गोल गरेको थियो । संकटालाई पहिलो अग्रता दिलाउने क्रममा सुभाष गुरुङले गरेका थिए । उनले ग्लोरीको पासलाई सदुपायोग गर्दै गोल गरे । पहिलो हाफमा निकै सम्हालिएर खेलेको संकटा निकै डिफेन्सिभ देखिन्थ्यो ।

दोस्रो हाफमा भने एपिएफले निकै मुभहरु बनायो । एपिएफको लगतारको आक्रमणमा संकाटाको डिफेन्स बदक बन्न पुग्यो । पहिलो खेलमा चलेका आशिष लामा संकटासँग भने चल्न सकेनन् । ९० मिनेट पछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा भने ग्लोरीले गोल गर्दै संकटाको जित सुनिस्चित गरे ।

फाइनलमा अब संकटाले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस र अफ्रिकन रुट्सको बिजेता सँग खेल्ने छ ।

Click to comment

Trending