Headline

पाकिस्तान फुटबल संघ प्रतिबन्धमा

Published

on

फिफाले बुधवार पाकिस्तान फुटबल महासंघ (पीएफएफ) लाई अनावश्यक तेस्रो पक्ष हस्तक्षेपको कारण देखाउँदै प्रतिबन्ध लगाएको छ । फिफाको निलम्बन समाप्त नभएसम्म अब पाकिस्तानको राष्ट्रिय र क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन योग्य हुने छैनन् ।

वुधबार फिफाले प्रतिबन्ध लगाए सँगै पाकिस्तान फुटबल अनिस्चित कालिनका लागि बन्द भएको छ । २०१५ पनि मा फेडरेशनका अध्यक्षको रूपमा फैसले सालेह हयातको निर्वाचन र भोट-हेराफेरीको आरोप पछि पाकिस्तानमा खेल रोकिएको थियो । यस मुद्दालाई सुल्झाउन उच्च अदालतले नियुक्त गरेका प्रशासकले पाकिस्तान फुटबल महासंघको पदभार लिएर पनि राजनीतिक हस्तक्षेप गरेको बन्दै फिफाको कानून उल्लंघन गरेको कारण देखाउँदै प्रतिबन्ध लागेको थियो ।

“फिफा काउन्सिलले ले पाकिस्तानी फुटबल संघका कार्यालयहरू र यसका खाताहरू तेस्रो पक्षले हस्तक्षेप गरेको तथ्यका परिणामका रूपमा यो निर्णय लिएको छ, जसले पाकिस्तानी फुटबल संघलाई निलम्बन गर्ने निर्णय लिएको छ,” फिफाले एक बिज्ञप्तीमा भन्यो ।

प्रतिबन्ध पछि पाकिस्तानको पुरुष राष्ट्रिय टोलीले कुनै खेल खेल्ने थिएन । उनीहरूको फिफा वारीयता पनि २०० भन्दा कम रहेको छ । पाकिस्तानमा कुनै व्यावसायिक लिग छैन।

पीएएफको कार्यभार पुनः लिनका लागि हयातले अर्को मंगलबार लाहोर उच्च अदालतमा अपील गर्ने जनाएका छन् ।

Click to comment

Trending