Headline

ट्राइ सिरिजको लागि आजदेखि प्रशिक्षण शुरु गर्दै नेपाली टोली

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारदेखि प्रशिक्षण थाल्ने भएको छ । बैशाख ४ देखि नेदरल्याण्ड्ससँगै मलेसिया पनि सम्मिलित बजाज पल्सर ट्राइ नेसन ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि नेपालले बन्द प्रशिक्षण शुरु गर्न गइरहेको हो ।

प्रशिक्षण मुलपानी क्रिकेट मैदानमा हुनेछ । हाल त्रिवि मैदानमा ललितपुर महिला मेयर कप क्रिकेट प्रतियोगिा सञ्चालन भइरहेका कारण पुरुष टोलीले मुलपानी प्रशिक्षण गर्न गइरहेको हो ।

ललिपुर महिला मेयर कप शनिबार समाप्त भएसँगै पुरुष टोली त्रिवि मैदानमा प्रशिक्षण थाल्नेछ । बन्द प्रशिक्षणका लागि नेपालले २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ ।

प्रशिक्षक डेभ ह्वाटमोरका लागि मार्च र अप्रिलमा सातै प्रदेशमा हाइ पफर्मेन्स क्याम्प सञ्चालनको शुरुवात गरेपनि उनले यो श्रृंखलाका लागि उक्त कार्यक्रम स्थगित गर्दै राजधानी फर्किएका थिए । ह्वाटमोरले प्रदेश १ मा भने क्याम्प सञ्चालन गरेका थिए ।

नेपालले २०२० जनवरीपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न गइरहेको हो भने नेपाली टोली २०२० मार्चपछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न गइरहेको छ ।

Click to comment

Trending