Headline

लाइन्सम्यानले लिए हालान्डको अटोग्राफ

Published

on

बोरुसिया डर्टमण्डका नर्वेजियन स्ट्राइकर एर्लिङ्ग हालान्डको पछाडी अहिले युरोपका धेरै ठूला क्लबहरु लागि परेका छन् । तर च्याम्पियन्स लिगको क्वार्टल–फाइनल पहिलो लेगमा म्यानचेस्टर सिटीसँग २–१ ले पराजित हुँदा सहायक रेफ्रिले उनको अटोग्राफ भने पाएका छन् ।

च्याम्पियन्स लिगमा हालान्डले आफ्नो सनसनीपूर्ण किर्तिमानमा गोल थप्न नसकेपनि मार्को रुसको महत्वपूर्ण अवे गोलका लागि असिस्ट गरेका थिए । तर केभिन डि ब्रुन र फिल फोडेनको गोलको मद्दतमा सिटीले पहिलो लेगमा अग्रता लिन पुग्यो ।

खेलपछि लाइन्स्म्यान अक्टेभियन सोभ्रेले उनलाई पछ्याउदै टनेलमा गएर अटोग्राफ लिएका थिए । केटाहरुले मलाई भन्दै थिए तर मैले देखिन । शायद उनी हालान्डका समर्थक थिए, सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाले भने ।

खेल सञ्चालन गरेका रोमानियन रेफ्रिहरु केही बिवादस्पद क्षणहरुमा पनि संलग्न भएका थिए । खेलमा सिटीको पेनाल्टी अपिल भिडियो असिस्टेन्ट रेफ्रिले दिएका थिएनन् भने डर्टमण्डका जुड बेलिँगमले पहिलो हाफमा गरेको गोल फउल भन्दै दिइएको थिइएन ।

ग्वार्डियोलाले रेफ्रिहरुको प्रदर्शनको रक्षा गरेका थिए । रेफ्रिहरु उत्कृष्ट थिए । उनीहरुले खेलाएको बिषयलाई लिएर मलाई कुनै समस्या छैन, ग्वार्डियोलाले भने ।

Click to comment

Trending