Headline

च्याम्पियन्स लिग: रियलको लिभरपुल माथि रवाफ, सिटीले डर्ट्मण्डलाई हरायो

Published

on

युएएफा च्याम्पियन्स लिग २०२०/२०२१ को पहिलो क्वार्टरफाइनलमा १३ पटकको सर्वधिक बिजेता रियल म्याड्रिडले इङ्लिश क्लब लिभरपुललाई ३-१ ले हराएको छ ।

रियलको घर अल्फ्रेडो डे स्टेफेनोमा भएको खेलमा रियलले लिभरपुललाई हराउँदै आफ्नो रवाफ पनि कायम राखेको छ । रियलको जितमा भिनिसियस जुनियरले दुई र मार्को असेन्सियोले एक गोल गरेका थिए । लिभरपुलका लागि भने मोहम्मद सलाहले एक गोल फर्काए ।

२७ औँ मनेटमा रियलले पहिलो अग्रता लिना सफल भयो । टोनी क्रुसको निकै लोभलाग्दो पासलाई भिनिसियसले दुई डिफेन्डरलाई कट्दै गोल गर्न सफल भएका थिए । ३६ औँ मिनेटमा रियलले अग्रता दोब्बर पर्‍यो । मार्काे असेन्सियाले गोल गर्दै रियललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । एलेक्सान्डर अर्नाेल्डको गल्तीमा असेन्सियोले गोल गरेका थिए ।

पहिलो हाफमा २-० ले पछि रहेको लिभरपुलले दोस्रो हाफमा भने एक गोल गर्न सफल भयो । ५१ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउदै लिभरपुललाई खेलमा फर्किने आशा दिए । उनले डिएगो जोटाको पासमा निकै नजिकबाट गोल गरे ।

तर ६५ औँ मिनेटमा भिनिसियस जुनियरले टोलीका लागि तेस्रो गोल गर्दै रियललाई खेलमा ३–१ को जित दिलाउन सफल भए ।

पहिलो लेगमा निकै रवाफिलो शैलीमा प्रस्तुत भएको रियलले दोस्रो लेग १५ अप्रिलमा एनफिल्डमा खेल्ने छ ।

यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले बोरुसिया डर्ट्मण्डलाई २-१ ले हराएको छ । सिटिका लागि पहिलो गोल १९ औँ मिनेटमा केवेन डि ब्रुनले गरेका थिए । पहिलो हाफमा १-० ले अग्रता लिएको सिटिले दोस्रो हाफमा बराबरी गोल खान पुग्यो ।

डर्ट्मण्डका मार्को रुएसले ७८० मिनेट पछि व्यक्तिगत गोल गर्दै खेल बराबरीमा पुराए । उनले ८४ औँ मिनेटमा गोल गरेका थिए । तर डर्ट्मण्डले हार टार्न भने सकेन । बराबरीमा सकिनै लागेको खेलमा डर्ट्मण्डका लागि फिल फोडेन बाधक बने । उनले ९० औँ मिनेटमा गोल गर्दै सिटिको पहिलो लेगको जित सुनिश्चित गरे । सिटिले दोस्रो लेगको खेल डर्ट्मण्डको घरेलु रङशालामा खेल्ने छ ।

 

Click to comment

Trending