Headline

पुलिसलाई पराजित गर्दै न्यु डायमण्ड शिर्ष स्थानमा

Published

on

नेपाल पुलिस क्लबलाई पराजित गर्दै होङ्गवान्जी न्यू डायमण्ड क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिला तर्फ शिर्ष स्थानमा उक्लन सफल भएको छ ।

न्यु डायमण्डले पुलिसलाई २५–२२, २५–२२, २५–१६ को सोझो सेटमा पराजित गर्यो । न्यु डायमण्ड ४ खेलबाट कुल १० अंकका साथ शिर्ष स्थानमा उक्लन सफल भएको हो । एपिएफ क्लबको पनि समान १० अंक रहेता पनि सेट अन्तरका आधारमा बिभागीय टोली दोश्रो स्थानमा रहेको हो ।

एपिएफले भरतपुर मेट्रो क्लबलाई २५–१३, २५–७, २५–९ को सोझो सेटमा पराजित गर्यो । तेश्रो स्थानमा ८ अंकका साथ त्रिभुवन आर्मी क्लब र ८ अंकमै रहेको नेपाल पुलिस क्लब सेट अन्तरका आधारमा चौथो स्थानमा रहेको छ । भरतपुर मेट्रोको ३ अंक र ढोरपाटन स्पोर्टसले अहिलेसम्म खाता खोल्न सकेको छैन ।

दशरथ रङ्गशाला कभर्डहलमा भएको प्रतियोगिताको पुरुष तर्फ नेपाल पुलिस क्लब एपिएफमाथि भारी पर्यो । पहिलो र दोश्रो सेट २५–२१, २५–२३ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको पुलिस तेश्रो र चौथो सेट २०–२५, १७–२५ ले एपिएफलाई सुम्पन पुग्यो ।

पाँचौ तथा अन्तिम सेटमा १५–१३ अंकले जित हात पार्दै रोमाञ्चक जित निकाल्न सफल भयो । पुलिसले दुई र एपिएफले १ अंक जोड्यो । पुलिसको ५ खेलबाट ९ अंक रहेको छ । त्यस्तै हारका बावजुद एपिएफको १० अंक भएको छ ।

अर्को खेलमा टिपटप हेल्प नेपाल क्लबले त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–१९, २५–१६ ले पराजित ग¥यो । सोझो सेटमा पराजित गरेको हेल्पले आफ्नो अंक तालिकामा महत्वपूर्ण ३ अंक जोड्दै १५ अंकका साथ शिर्ष स्थान कायमै राखेको छ ।

प्रतियोगितामा लिगमा शिर्ष दुई स्थानमा रहेका टिम उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् ।

Click to comment

Trending