Headline

थापा र तामाङबीच पहिलो सेमिफाइनल बराबरीमा

Published

on

सुन्दर साकोस हेटौंडाका कृष्ण थापा र नोभा साकोस ललितपुरका सुदिप तामाङ्गले मँगलवार गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको पहिलो सेमिफाइनलमा बराबरी खेलेका छन् ।

कृष्णको क्वीन पनको जवाफमा सुदिपले घोडा चालेर खेललाई इण्डियन डिफेन्स ओपनिङ्गमा लगेर ३५औं चालमा फोटोजेनिक पोसिजनको दाबी अनुसार खेल बराबरीमा गरेका थिए ।

ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको प्रतियोगितामा दोलखा चेसका मिलन लामाले गजुरमुखी चेस क्लब राजन सुबेदीलाई हराए । रोय लोपेज ओपनिङ्गमा मिलनले फ्रिपनको फाइदा उठाउँदै ५२औं चालमा राजनलाई खेल परित्याग गर्न बाध्य पारे ।

ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताका विजेताले यामाहा मोटरसाइकल, उपविजेताले नगद ६० हजार, तृतीयले ३० हजार र चौथौंले २५ हजार हात पार्नेछन् भने कुल नगद पुरस्कार साढे पाँच लाख रहेको छ ।

बुधवार सेमिफाइनलको दोश्रो खेल र लिगतर्फ आठौं चरणको खेल हुनेछ ।

Click to comment

Trending