Headline

थ्री स्टारलाई हराउँंदै पुलिस आहा राराको सेमिफाइनलमा

Published

on

नेपाल पुलिस क्लब आहा रारा गोल्डकप प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा चिरप्रतिद्वन्दी थ्रीस्टारलाई ४-० ले हराउँदै पुलिस सेमिफाइनल पुगेको हो ।

पुलिसका लागि बुद्धबल तामाङले २ र निरकुमार राई र सौजन राईले एक-एक गोल गरे । तामाङले २८ औँ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रया दिलाएका थिए । पहिलो हाफमा १-० ले अग्रता बनाएको पुलिसले दोस्रो हाफमा तीन गोल गर्‍यो ।

तामाङले ५७ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यसको ६ मिनेटमै निरकुमार राईले गोल गरे । खेलको ८५ औँ मिनेटमा याख्याले सुमन लामाको पासलाई सदुपयोग गर्दै गोल गरेपछि पुलिसले सहज जित दर्ता गर्‍यो । थ्री स्टार आहा राराको पाँचौँ पटकाको बिजेता हो ।

पुलिसले अब सेमिफाइनलमा अफ्रिकी रुट्स एसोसिएसनसँग सेमिफाइनल खेल्नेछ ।

यी दुई टोलि यस अघि आहा रारा गोल्डकपमा ७ पटक भेटेका थिए । ती खेलमा नेपाल पुलिसले ५ खेल आफ्नो पक्षमा पार्दा थ्री स्टारले २ खेल जितेको थियो ।

Click to comment

Trending