Headline

‘चुनौती छ तर हाम्रो लक्ष्य भनेको एएफसी कपमा छनोट हुनु हो’

Published

on

त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नबिन न्यौपानेले आर्मीको प्रमुख लक्ष्य भनेकै एएफसी कपमा छनोट  हुने  रहेको बताएका छन् ।

“यो छनोट हाम्रो लागि एउटा खुड्किलाको रुपमा लिएको छु । चुनौती हरु त छन् तर पनि हाम्रो मुख्य लक्ष्य भनेको यो छनोट चरण पार गर्दै एएफसी कपको समुह चरण पुग्नु हो,” न्यौपानेले  भने ।

आर्मीले चैत्र २५ गते एएफसी पिलिमिनरी स्टेज अन्तर्गत श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग दशरथ रङ्गशालामा खेल्दै छ ।

यस्तै आर्मीको यो एएफसी प्रतियोगिताका लागि प्रशिक्षण निकै राम्रो भएको पनि न्यौपानेले बताए । “हामीले लाइसेन्स पाए देखी निकै हामीले प्रशिक्षण थाल्यौँ र अहिले सेटका खेलाडीहरु निकै राम्रो भएको छ,” उनले भने ।

“९ जना खेलाडी प्ररम्भिक छनोटमा पर्नु हाम्रो लागि फाईदा भयो र अझै हामीले मोफसलका प्रतियोगिताहरुलाई हाम्रो ट्रेनिङ खेलको रुपमा हेर्यौँ र कुनै जित्यौँ पनि,”

“थ्री नेसन जित्दा जस्तो खुशी फुटबल समर्थकले साटेका थिए आर्मीलाई जिताउँदै त्यस्तै खुशी फैल्याउने लक्ष्य हाम्रो छ।” न्यौपानेले थपे ।

कप्तान भरत खवास पनि आफ्नो टोलीले राम्रो खेल्नेमा आशावादी राहेको बताउँछन् । “हामीले कोभिड पछि निकै मेहेनत गरेका छौँ र त्यस्को फल हामीले श्रींलका पुलिसलाई हराउँदै पाउने छौँ जस्तो लाग्छ,” भरतले भने ।

आर्मीले पहिलो पटक एएफसी कपको प्ररम्भिक छनोट खेल्न लागेको हो ।

श्रींलका पुलिसले भने थोरै तयारी भए पनि एएफसी कप खेल्नका लागि आफ्नो टोली तयार रहेको प्रशिक्षक झिलाउ अल्पेन्शुले बताए । “हामी पुलिस हौँ र कोभिड-१९ को महामारीका बेला हामीले श्रीलंकाको जनताहरुलाई धेरै सहयोग पनि गर्यौँ । कम समय भए पनि हामी एएफसी कपको छनोट खेल्न आएका छौँ र मेरा खेलाडीहरु त्यस्का लागि तयार छन।” अल्पेन्शुले भने ।

त्रिभुवन आर्मीले श्रीलंका पुलिस स्पोर्टिङसँग चैत्र २५ गते साँझ ५:३० बजे खेल्दै छ

Click to comment

Trending