Headline

लगातार तेश्रो जितसँगै एपिएफ मेयर कपको फाइनलमा

Published

on

नेपाल एपिएफ क्लब मेयर कप महिला क्रिकेट प्रतियोगिाको फाइनलमा प्रवेश गरेको छ । ललितपुर मेयर ११ लाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै घरेलु क्रिकेटकै सशक्त टोली एपिएफ लगातार तेश्रो जित हात पार्दै फाइनल प्रवेश गरेको हो ।

पाँच टोलीको सहभागिता रहेको प्रतियोगितामा ललितपुर र लुम्बिनी प्रदेश दुई हार व्यहोरिसकेका छन् भने सुदुर पश्चिम र प्रदेश १ ले १–१ खेलमा पराजय व्यहोरेका छन् । सुदुर पश्चिम र प्रदेश १ भिड्न बाकी रहदा एपिएफले आफ्नो अन्तिम खेलमा लुम्बिनीसँग पराजय व्यहोरेपनि फाइनल प्रवेश गर्ने तय छ ।

त्रिवि क्रिकेट मैदानमा मङ्गलवार भएको पहिलो खेलमा बिनु बुढामगरले कसिलो बलिङ्ग गर्दै चार विकेट लिएपछि ललितपुरले २० ओभरमा ९ विकेटको क्षतिमा मात्र ६६ रन बनाउन सक्यो । कमजोर ललिपुरबिरुद्ध नयाँ ओपनिङ्ग जोडीको रुपमा इन्दु बर्मा र राजमती ऐरिलाई पठाएको एपिएफले १० ओभरभित्रै विकेट नगुमाई लक्ष्य प्राप्त गर्यो ।

ललितपुरको खराब फिल्डिङ्गले पनि सहयोग गरेको इन्दु र राजमतीको जोडीले ९ दशमलव १ ओभरमै ६७ रन जोडेको थियो । राजमतीले ३१ बलमा चार चौका प्रहार गर्दै ३३ रन बनाइन् भने इन्दुले २४ बलमा तीन चौकाको सहयोगमा २८ रन जोडिन् ।

ओपनर अनुराधा चौधरी र बिन्दा कटवाललाई ९ रनभित्रै गुमाएपछि ललितपुरलाई कञ्चन श्रेष्ठ र कप्तान सरस्वती चौधरी (१२) ले सम्हाल्ने प्रयास गरेका थिए । तर बिनुले दुवै सेट ब्याट्स्उमनलाई पेभिलियन फर्काउनुका साथै मिडल अर्डरलाई ध्वस्त पारेपछि ललितपुर प्रतियोगिताकै सानो योगफलमा समेटियो ।

कञ्चनले ३० बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् भने सन्तोषी चौधरीले १९ बलमा १३ रन बनाइन् । बिनुले चार ओभरमा ११ रन खर्चदै चार विकेट लिइन् भने रेखा रावलले दुई विकेट हात पारिन् । करुण भण्डारीले निकै नै कसिलो बलिङ्ग गर्दै चार ओभरमा मात्र तीन रन खर्चदै १ विकेट लिएकी थिइन् ।

Click to comment

Trending