Headline

आहा राराको सफल टोली मनाङ संकटासँग पराजित

Published

on

आहा रारा गोल्डकप प्रतियोगिताको क्वाटरफाइनलमा संकटा क्लबले मनाङ मर्यस्याङ्दी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालामा भएको खेलमा मनाङलाई संकटाले १-० गोल अन्तरले हराएको हो । यो सँगै संकटा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

संकटाका लागि खेलको ४४ औँ मिनेटमा फोफो माले गरेको गोलनै निर्णायक रह्यो । आहा रारा कपको इतिहासमा पहिलो पटक मनाङ संकटासँग पराजित भएको हो ।

यस्तै आइतबार पोखरा रंगशालामा भएको खेलमा अफ्रिकन रुट एसोसिएसन, क्यामरुनको टोलिसँग २-१ ले पराजित भएसँगै मछिन्द्र बाहिरिएको थियो ।

शनिबार भएको पहिलो खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बलको एपीएफ सेमिफाइनल प्रवेश गरिसकेको छ । शनिबार पोखरा रंगशालामा भएको पहिलो खेलमा घरेलु क्लब सहारालाई १-० ले हराउँदै सेमिफाइनल पुगेको थियो ।

तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्दा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टार र नेपाल पुलिस खेल्ने छन् ।

 

Click to comment

Trending