Headline

लिग बिजेता मच्छिन्द्र अफ्रिकन रुट्ससँग पराजित

Published

on

२०७७ सालको ए डिभिजन लिग विजेता मछिन्द्र क्लब आहा रारा गोल्ड कप प्रतियोगिताको क्वाटरफाइनल बाहिरिएको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा अफ्रिकन रुट्स एसोसिएसन, क्यामरुनको टोलिसँग २-१ ले पराजित भएसँगै मछिन्द्र प्रतियोगिताबाट बहिरिएको हो ।

पहिलो हाफको २३ औँ मिनेटमै गोल खाएको मच्छिन्द्र त्यस पछि भने पुनरागरम गर्न सकेन । अफ्रिकन रुट्सका लागि खेलको २३ औँ मिनेटमा मौसाले गोल गरेका थिए । पेनाल्टी एरिया भित्र पाएको अवसरलाई उनले सहज गोल गरे ।

पहिलो हाफ १-० को अग्रता बनाएको अफ्रिकन रुट्सले दोस्रो हाफमा निकै डिफेन्सिभ खेल खेल्यो । मच्छिन्द्रको लगतारको मुभहरुलाई रुट्सका डिफेन्डरहरु भारी पर्न पुगे । ८२ औँ मिनेटमा भने अफ्रिकन रुट्सले अग्रता दोब्बर बनायो । इकी डिजोमोको पासलाई सदुपयोग गर्दै इन्जिमीले गोल गरे पछि लिग बिजेता मच्छिन्द्र निरह देखियो ।

मछिन्द्रका लागि खेलको ९० औँ मिनेटमा अभिषेक रिजालले गोल गरे पनि हार टार्न सकेनन् । सुनिल बलले प्रहार गरेको बललाई रिजालले बार नजिकै बाट पोस्टको दिशा दिएका थिए ।

यसघी शनिबार भएको पहिलो खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बलको एपीएफ सेमिफाइनल प्रवेश गरिसकेको छ । शनिबार पोखरा रंगशालामा भएको पहिलो खेलमा घरेलु क्लब सहारालाई १-० ले हराउँदै सेमिफाइनल पुगेको थियो ।

तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्दा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टार र नेपाल पुलिस खेल्ने छन् ।

Click to comment

Trending