Headline

सुमनको उत्कृष्ट प्रदर्शनमा ललितपुरको जित

Published

on

सुमन खतिवडाले नेपाली घरेलु ट्वान्टी ट्वान्टी महिला क्रिकेटमा दुर्लभै देखिने ब्याटिङ्ग प्रदर्शन गरेपछि लुम्बिनी मेयर ११ ले ललिपुर मेयर कपमा लुम्बिनी प्रदेशलाई २८ रनले पराजित गर्दै पुनरागमन गरेको छ ।

पहिलो दिन सुदुर पश्चिम प्रदेशसँग ७ विकेटले पराजित भएको ललितपुरका लागि सुमनले ५२ बलमा ७७ रनको शानदार इनिङ्गस खेल्दै प्रतियोगिताकै उच्च योगफल १ सय ४४ रनसम्म डोर्याइन् । जवाफमा लुम्बिनीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १७ रन बनायो ।

लुम्बिनीको माथिल्लो चारमध्ये तीन जनाले राम्रो ब्याटिङ्ग गरेपनि फिनिसिङ्ग दिन भने सकेनन् । सरस्वती जिएम ५२ बलमा ४६ रन बनाउदै नटआउट रहिन् । उनले दुई चौका प्रहार गरेकी थिइन् । ओपनर नितु भण्डारी र कप्तान नेरी थापाले समान २० रन बनाएका थिए ।

यसअघि ३६ रनमै पाँच विकेट गुमाएको लुम्बिनीका लागि सुमनले छैटौं विकेटका लागि अस्मिना कर्माचार्यसँग १ सय ८ रनको साझेदारी गरेकी थिइन् । प्रभावशाली ब्याटिङ्ग गरेकी सुमनले ९ चौका र दुई छक्का प्रहार गरेकी थिइन् । अस्मिना २८ बलमा २० रन बनाउदै नटआउट रहिन् ।

सुमनले प्रतियोगिताकै उच्च व्यक्तिगत योगफल र ठूलो पार्ट्नरसिप पनि गरेकी थिइन् ।

Click to comment

Trending